Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
मदिराले निम्त्याएकाे समस्याः पिएर मोज गर्छन, घरमा यस्तो कलह… बच्चाहरूले गरे यस्तो चमत्कार – Rabin's Blog
Saturday, April 20, 2024

मदिराले निम्त्याएकाे समस्याः पिएर मोज गर्छन, घरमा यस्तो कलह… बच्चाहरूले गरे यस्तो चमत्कार

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका कार्यालयका मुख्य प्रशासकीय अधिकृत रघुनाथ अवस्थीको हातमा दुई दिनअघि हुलाकबाट रजिस्ट्री गरिएको पत्र हुलाकीले थमाए। २८ रुपैयाँको टिकट टाँसेर पठाइएको पत्र खोलेर हेर्दा उनी अच्चम परे। पत्रमा उठाएको कुरा गम्भीर लागेपछि तत्कालै पत्र लगेर उनी नगर प्रमुख दिल बहादुर ऐरको कार्यकक्षमा पुगेर परामर्श गर्न थाले।

तत्कालै नगर प्रमुख ऐरले प्रशासकीय अधिकृत, प्रहरी र वडा अध्यक्षलाई बोलाएर पत्रको व्यहोरा दर्शाउदै निर्देशन दिन थाले। हुलाकबाट आएको पत्रले कार्यालयमा हलचल ल्याएपछि कार्यालयमा काम लिएर आएका सेवाग्राहीसमेतले चासो देखाउन थाले। पत्र नगरपालिका–६ मा रहेको बैजनाथ माध्यमिक विद्यालयका विद्यार्थीहरूले पठाएका रहेछन्। पत्रमा विद्यालय नजिकै अवैधरूपमा खोलिएका मदिरा पसलले निम्त्याउने समस्या बारे दर्शाएर विद्यार्थीले रोकथामका लागि नगरपालिका कार्यालयलाई आग्रह गरेका रहेछन्।

पत्रमा विद्यालय नजिकैका आधा दर्जन बढी पसलमा अवैध तरिकाबाट मदिरा बिक्री वितरण हुने र जुवातास खेलाउने कार्य हुने भएकाले रोकथामका लागि आग्रह गरिएको थियो। विद्यार्थीले पत्रमा वुवाले दिनभर पसलमा जुवातास खेल्ने र राति मदिरा सेवन गरी आमालाई तथानाम गालीगलौच गर्दै कुटपिट गर्ने भएकाले पठनपाठन गर्ने कुरा त परको हो, घरमै तनावमा बस्नु पर्ने कुरा उल्लेख गरिएको छ।

पत्र पढेपछि गम्भीर देखिएका नगर प्रमुख ऐरले तत्कालै इलाका प्रहरी कार्यालय र वडा अध्यक्ष जगता रानालाई कार्यकक्षमै बोलाएर अवैध मदिरा र जुवातास नियन्त्रण गरी दोषीमाथि कारवाही गर्न निर्देशन दिए। ‘मदिरा र जुवातासका कारण स–साना बालबालिकाको जीवनमाथि खेलवाड गर्नेलाई कुनै पनि हालतमा छाडिदैन’ उनले भने, ‘अवैध मदिरा र जुवातास खेल्ने खेलाउने दुवै दोषी भएकाले कार्वाही हुन्छ।’ उनले थपे, ‘नगरपालिकाभित्रका अधिकांस विद्यालय, स्वास्थ्य चौकी र सार्वजनिक स्थानमा अनुमति पत्र बनाएर र नबनाएर मदिराको कारोवार र जुवातास खेलाउने कार्य हुने गरेको पाइएको छ, त्यसको रोकथामका लागि कार्य अगाडि बढाउदै छौँ।’

नयाँ मदिरा बिक्रि वितरणका लागि अनुमति दिने कार्य बन्द गरेको जानकारी दिँदै उनले अनुमति लिई ग्रामीण क्षेत्रमा मदिराको कारोवार गर्नेहरूमाथि पनि कडाई र नियन्त्रण गर्नका लागि कार्य अगाडि बढाइएको बताए। ‘मदिराको कारोवार गर्नेहरूबाट केही कर संकलन त हुन्छ’, उनले भने, ‘करकै लागि नगरबासीलाई सास्ती दिन सकिदैन्।’ अवैध मदिराका कारण समाजमा हत्या, हिंसा, घरेलु हिंसा, झै–झगडा र अपराधिक क्रियाकलाप हुने भएकाले यसलाई गम्भीर रूपमा लिँदै नियन्त्रणका लागि भरमग्दुर प्रयासमा रहेको उनले बताए। इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेश अवस्थीले मदिरा बिक्रि वितरणका लागि निर्धारित समय पालना गराउनका लागि कडाईका साथ लाग्ने बताए।

‘अवैध मदिराको कारोवारमा संलग्नलाई कानुनले तोके बमोजिमको हदैसम्मको कार्वाही गर्न तत्पर छौँ’, उनले भने। नगरपालिकाले बजार क्षेत्रमा अनुमति पत्र लिएर मदिराको कारोवार गर्ने व्यवसायीका लागि आचारसंहियता बनाई कडाई साथ लागू गर्नेसमेत जनाएको छ। विद्यालयका आधारभूत तहमा पढने विद्यार्थीले पठाएको पत्रले मदिराको कारोवार व्यवस्थित पार्नका लागि नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी गम्भीर देखिएका छन्।

-थाहाखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *