धनकुटा । धनकुटाको भेडेटार–६ मा यात्रीवहाक बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् । कोसी राजमार्गअन्तर्गत् भेडेटार–६ स्थित भोजपुरे–गोलाइमा मंगलबार ना५ख ३३२८ नम्बरको बस ब्रेकफेल हुँदा भएको दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।
सबै घाइते यात्रीहरुलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ । सो बस रौतहटबाट धनकुटाको पाख्रिबास कृषि अनुसन्धान केन्द्रतर्फ कृषि भ्रमणको टोली लिएर जाँदै गरेको थियो ।