Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
हल्लाका पछाडी लाग्ने कि फेसबुकको सही सदुपयोग पनि गर्ने ? – Rabin's Blog
Saturday, April 27, 2024

हल्लाका पछाडी लाग्ने कि फेसबुकको सही सदुपयोग पनि गर्ने ?

गोबिन्द मरासिनी

काठमाडौं । पछिल्लो समयमा सामाजिक सञ्जालको दुरुपयोग वढ्न थालेको छ । आजको युग भनेको सुचना प्रविधिको युग हो तर पनि सुचना र नयाँ नयाँ प्रविधिको प्रयोग गर्ने नाममा पछिल्लो समय सामाजिक सञ्जालहरुको दुरुपयोग वढ्न थालेको भने निश्चित हो।

सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग त अझ व्यापक रुपमा वढिरहेको छ । फेसबुकलाई कुन हदसम्म कसरी प्रयोग गर्ने थाहा नहुँदा यसरी दुरुपयोग वढेको हो । फेसबुक चलाउने सबै त नभनौं तर अधिकांश व्यक्तिहरुले त्यसको सदुपयोग भन्दा पनि दुरुपयोग गरिरहेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा के पोष्ट गर्ने र के नगर्ने भन्ने थाहा नहुँदा त्यसको सहि सदुपयोग नभएको भन्न सकिन्छ। हामी आफूले कुनै चीज सामाजिक सञ्जालमा पोष्ट गर्नुअघि त्यसले मानव जीवनमा कस्तो असर पार्ला भन्ने सोच्नु भने अवश्य पनि जरुरी छ।

हामीले अपलोड गर्ने कतिपय स्टाट्स र फोटोहरुले अरु कसैको जीवनमा नकारात्मक प्रभाव पार्न सक्छ त्यसप्रति हेक्का नराखी हावाको भरमा सेयर, लाइक र कमेन्ट ठोकिदिन्छौं। समाजमा घट्ने केहि घटनाहरु फेसबुककै कारणबाट घटेका उदाहरणहरु पनि हामीसामु प्रष्ट नै छन्।

यसो भन्दै गर्दा म बाट पनि फेसबुक लगायतका सामाजिक सञ्जालको दुरुपयोग भएकै छैन् भनेर भन्न खोजेको चाहि पटक्कै होईन्। मैले पोष्ट गरेका पनि कतिपय कुराहरुले अन्य व्यक्तिहरुको संवेदनशीलतामा असर परेको होला मैले स्वीकार्नै पर्छ र कम गर्न प्रतिबद्ध छु।

म यहाँ त्यस्ता उदाहरणहरु पस्कदैछु जुन उदाहरणहरुले आशा छ, पक्कै पनि तपाईको मन छुने छन्। सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डरलाग्दो र कहालीलाग्दो विमान दुर्घटनाको खबर आयो।

विमान दुर्घटनाको खबरसँगै फेसबुक लगायत सामाजिक सञ्जालका भित्ताहरु तस्विरले रंगिन थाले । त्यसरी अपलोड र पोष्ट भएका कतिपय तस्बिरहरु दुर्घटनास्थलकै थिए भने अन्य धेरैजसो तस्बिरहरु ‘फेक’ थिए।

मलाई लाग्छ, फेसबुकमा कुनै तस्बिर पोष्ट गर्नुअघि आफूले पोष्ट गर्ने तस्बिरले मानवीय संवेदनशीलतामा कत्तिको असर पार्ला भनेर सोच्नु चाहि अवश्य जरुरी छ । सामाजिक सञ्जाल वा फेसबुक चलाउने सबै व्यक्तिहरु स्वास्थ्यका हिसावले सक्षम र तन्दुरस्त हुन्छन् भन्ने छैन्।

यूएस बंगालको विमान दुर्घटनापछि सामाजिक संजालमा भाईरल भएको यो (फेक) तस्विर

कतिपयलाई त्यस्ता बिभत्स तस्बिरहरु देख्दा कमलो मन भएका (स्वास्थ्यका दृष्टिले कमजोर) भएकाहरुले एक्कासी तस्बिर देख्दा उनीहरुमा नकारात्मक असर परेर अर्को घटना वा ज्यानै सम्म पनि जान सक्ने सम्भावना नहोला भन्न सकिन्न।

अझ भनौं, यहि विमान दुर्घटना पश्चात सामाजिक सञ्जालमा कतिपय उच्च व्यक्तित्वहरुले समेत ती र त्यस्ता किसिमका तस्बिरहरु अपलोड गरे जुन उक्त दुर्घटनाको तस्बिर नै थिएन्।

दुर्घटना पश्चात फेसबुकमा लोकप्रिय ‘भाइरल’ बनेको विमानमा आगो लागिरहेको एक तस्बिर त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त विमानको हुँदै होईन् । तर त्यो तस्बिर राखेर धेरैजसो बरिष्ठ र मै हुँ भन्ने व्यक्तिहरुले समेत फेसबुक रंगाए।

त्यसरी फेसबुकमा मात्र होईन् कतिपय स्तरहीन अनलाइन र ब्लकहरुले त्यै तस्बिर राखेर अनलाइनमा समाचार पनि लेखे । तर उक्त तस्बिर थियो, केहि समयअघि इरानमा दुर्घटनाग्रस्त विमानको थियो।

यो भयो ताजा घटनामात्र फेसबुकमा यसरी यस्ता ‘फेक’ तस्बिर र स्टाट्स भाइरल भएको यो नै पहिलो पटक भने होईन्, यसअघि यस्ता प्रशस्त र धेरै घटनाहरु छन्। केहि समयअघि सिरियामा भएको घटनाका सन्दर्भमा पनि विभत्स तस्बिरहरु पनि अपलोड गरिए ती मध्ये पनि कतिपय तस्बिर ‘फेक’ थिए। यस्तै हामीहरु फेसबुकमा बधाई र श्रद्धान्जली दिन पनि निकै हतारो गछौं।

यसका पनि प्रशस्त उदाहरणहरु छन्, केहि समय अघि रातको समयमा एकाएक राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन भनेर केहि व्लकहरुमा समाचार आयो जसको केहि समयमा फेसबुकमा श्रद्धान्जली भनेर व्यापक रुपमा आयो। तर राष्ट्रकविको निधन नै भएको थिएन्।

यो वाहेक संगीतकार अम्बर गुरुङको निधनबारे समाचारमा हतारो गर्दा त कतिपय लोकप्रिय र चर्चित मिडिया नै चुके भने कतिपय बरिष्ठ कलाकार र हाइप्रोफाइलकाले पनि श्रद्धान्जली राख्न हतारो गरे तर त्यसको केहि समयपछि गुरुङलाई मृत घोषित गरियो । यसबाहेक समाजमा घट्ने कतिपय घटनाहरु सामाजिक सञ्जालकै कारणबाट घटेका पनि छन्।

यो त भयो फेसबुकको दुरुपयोग र सचेतनाप्रतिको केहि कुरा। अब कुरा गरौं फेसबुकको सदुपयोग बारेमा । फेसबुक तथा बिभिन्न सामाजिक सञ्जालकै कारण कतिपय राम्रा कार्यहरु पनि भएका छन्।

फेसबुक र सामाजिक सञ्जालकै कारण कतिपय लामो समयसम्म भेटघाट नै नभएका र छुटेका कतिपय सम्बन्धहरुको स्थापित भएका उदारहणहरु पनि छन् बेला बखत फेसबुक तथा टुईटरमा भेटिएका सामाग्रीहरुको सुचनाले पनि कुनै व्यक्तिको लाइफमा परिवर्तन गरेको छ।

मलाई लाग्छ, फेसबुकमा यसरी ‘फेक’ र विभत्स तस्बिर तथा स्टाट्स राख्नुको मुख्य कारण सचेतना नै हो। धेरैजसो युवा पुस्ताका व्यक्तिहरु रोजगार वा उच्च शिक्षाका लागि बिदेसिएका युवाहरुसँग कुराकानी तथा भेटघाटको बलियो माध्यम बनेको छ।

फेसबुक, म्यासेन्जर, इमो र भाइबर। त्यो राम्रो पनि हो तर त्यसका नाममा टेक्नोलोजिको सहि सदुपयोग गर्न नजान्दा दुरुपयोग हुने गरेको छ । बिभिन्न तस्बिर र स्टाट्सको समय सान्दर्भिकता नै नबुझि अनावश्यक सेयर, लाइक र कमेन्ट गर्दा पनि दुरुपयोग बढेको छ भन्न सकिन्छ ?

त्यसैले सामाजिक सञ्जालका बिषयमा पनि परिवारमा हुने कोहि न कोहि सचेत व्यक्तिले बुझाउनु जरुरी छ। फेसबुक, टुईटर चलाउने फेसन जस्तै गरिदिदाँ पनि यस्तो नकारात्मक प्रभाव परेको छ केहि समयअघिको एउटा उदाहरण लिउँ एकजना मित्रले ‘हेप्पी एनिर्भसरी’ भनेर स्टाट्स राखेका थिए जसको कमेन्टमा एक अपरिचत व्यक्तिले ‘रिप’ भनेर लेखेका थिए यसले के स्पष्ट हुन्छ भने स्टाट्स वा फोटो नबुझी हावाको भरमा कमेन्ट गरेको प्रष्ट हुन्छ।

तसर्थः यसको निराकरण र दुरुपयोग रोक्नका लागि सबैभन्दा पहिलो प्रयोगकर्ता सचेत र यसरी सामाजिक सञ्जालको बिषयमा अवलोकन तथा रोकथाम गर्ने बिभिन्न निकायहरु सक्रिय र सरकारले पनि यी र यस्ता बिषयमा नयाँ कदम चाल्नु चाहि पक्कै जरुरी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *