Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
सर्पले लाग्यो १० वर्षे बालकको ज्यान – पूरा हेर्नुहोस (फोटो सहित) – Rabin's Blog
Saturday, April 27, 2024

सर्पले लाग्यो १० वर्षे बालकको ज्यान – पूरा हेर्नुहोस (फोटो सहित)

उदयपुर / उदयपुरमा सर्पको टोकाईबाट १० वर्षे बालकको मृत्यु भएको छ । कटारी नगरपालिका–२ स्थित गरासका हंस बहादुर कार्कीका १० वर्षिय छोरा विक्रम कार्कीको सर्पको टोकाईबाट मृत्यु भएको छ ।

आइतबार राति करिव १२ बजेको समयमा घरै हजुर आमासंग सुतेको अवस्थामा बालकलाई सर्पले टोकेको थियो । सर्प खुट्टामा बेरेको देखेपछि बालकले झट्का हानेर छुटाएका थिए । सर्प घरभित्रै फेलापारी मारेपनि बालकले आफुलाई सर्पले नटोकेको बताएका थिए । केही समयपछि बालकले भोमिटिङ गर्न थालेपछि कटारी स्थित बेलस्रोत आर्मी क्याम्पको सर्प दंश उपचार केन्द्र्रमा उपचारमा पुर्याएको मृतकका काका मेघबहादुर कार्कीले बताए ।

उनका अनुसार सर्प दंश उपचार केन्द्रमा पनि दुई पटकसम्म भोमिटिङ गरेपछि एन्टी स्नेक भेन औषधि दिएको बताए । तर, जव सोमबार विहान ४ बजेको समयमा बोल्न नसक्ने घाटी च्यापेपछि उनलाई बालकलाई थप उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममाम बाटोमा मृत्यु भएको थियो । अस्पताल पुर्यार चेक जाँच गर्दा अस्पतालले आधा घण्टा अगाडी नै मृत्यु भएको घोषित गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *