Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
‘जनताको छोरो’ रवि लामिछानेलाई जेल! भ्रष्टाचारीलाई फूलमाला? यो कस्तो लोकतन्त्र ? – Rabin's Blog
Friday, April 26, 2024

‘जनताको छोरो’ रवि लामिछानेलाई जेल! भ्रष्टाचारीलाई फूलमाला? यो कस्तो लोकतन्त्र ?

– सरगम भट्टराई

लोकतन्त्र जनताको आँगनमा आएको छैन भनेर लेख्दा म कसैसंग डराउनु पर्दैन।लोकतन्त्रको रस जनताले खान पाएका छैनन् भनेर लेख्दा कसैले देशद्रोह गरेको ठहर्दैन।संसारको कुनै पनि कुनाबाट नेपाल र नेपालीको समृद्दि चाहने अधिकार म लगायत सबै नेपाली मनहरुलाई छ। अझ नेपालकै भूमिमा बसेर आम मान्छेको हितमा बोल्ने र गलत गर्नेहरुको कानको जाली सम्म फुट्ने गरी चिच्याउन पाउने अधिकार सम्मको उपयोग गर्न पाउनु लोकतन्त्रको न्यूनतम उपयोग हो।

नेपाली पत्रकारिताको ईतिहाँसमा रवि लामिछानेले एउटा छलांग नै मारे,सरकार, संस्था र सरोकारवालाले गर्ने भन्दा हजारौँ गुना लोकप्रिय काम गरेर उनी लाखौँ शुभचिन्तकको आँखाको नानी बने, चेलीबेटी बेचबिखन देखि भ्रष्टाचार, अनियमितता देखि अराजकता, गुण्डागर्दी देखि कालाबजारी सबै प्रति आक्रामक रुपमा धावा बोले। जहाँ जहाँ लूट देखे, त्यहाँ त्यहाँ रवि लामिछाने जाई लागे। कसैलाई अप्ठेरो पर्दा सरकार भन्दा पहिले रवि लामिछाने जनताको सम्झनामा आए।उनी पत्रकार कम र उद्धारकर्ता ज़्यादा भए।कुनै चलचित्रको प्रभावकारी नायक जस्तै उनी जता पनि लोकप्रिय भए।
सरगम भट्टराई

बैदेशिक रोजगारमा ठगिएर बेचिएका चेलीहरुले रवि लामिछाने गुहारे, केही दिनमै रविले उद्दार गरे, देशकै क़ानून हातमा लिएकाहरुले उठ्नै नसक्ने गरी ठगिएकाहरुले रवि लामिछाने गुहारे, उनीहरुले न्याँय पाए।सरकारी निकायमा भएका ढिलासुस्ती बारे उनले लाईभ कार्यक्रम गरे,घुसखोरीहरुलाई उनले रंगे हात समाते,काम नगर्ने कामचोरहरुको उनले भण्डाफोर गरे,पद र कदको दुरुपयोग गर्नेहरुको उनले निद हराम गरिदिए।

‘जहाँ नपहूँचे रवि त्यहाँ नपुगे कवि’ भने जस्तै रवि एक्लो कवि बनेर अँध्यारोमा हाम फाले, उनी सामाजिक मिडियामा यति धेरै लोकप्रिय भए कि उनको लोकप्रियताका अगाडि सबै पछि परे,नाम चलेका समाजसेवीहरु पछि परे,नाम चलेका संघ संस्थाहरु पछि परे, बीसौँ बर्ष सम्म नाम चलेका पत्रकारहरु पनि पछि परे। चाकडी,गुलामी र चम्चागिरी गर्ने पत्रकारहरु देखि लिएर राजनीतिका हस्तीहरु रविको यो आक्रामक कार्यबाट सशंकित भए।रविले यस्तै हर्कत जारी राखेमा क़ानूनको धज्जी उड्ने र कानून भन्दा माथि ऊ हुने र क़ानूनी सर्बोच्चतालाई चुनौति दिने भन्ने काईते तर्क लिएर केही समय अघि नै उसको तेजोबध गर्न शुरु गर्न थालिसकेका थिए।तर वास्तविकता त के थियो भने रविले ती मध्ये धेरैको खेलो खेती बन्द गर्नै लागेका थिए।

रवि लामिछाने अमेरिकाबाट देशको लागि केही गर्छु भनेर नेपाल झरेको ठिटो हो,उसका हरेक कार्यक्रममा देश दुखेको कुरा हुन्छ,देश लुट्नेको बिरुद्दमा कुरा हुन्छ,दलाल,चोर,ठग,गुण्डा,भ्रष्टाचारीहरुको बिरुद्दमा हुन्छ,जसले गल्ती गर्यो त्यो उसको तारो हुन्छ,कसैले आम जनताको हित बिपरित काम गर्यो कि त्यसको पर्दाफ़ाश गर्ने सशक्त पात्र रवि लामिछाने देखिएको थियो। यसो भईरहँदा चारैतिर लुटेर खान पल्केकाहरुको निद हराम हुनु स्वभाविक नै थियो,उसका बिरुद्द केही न केही अनर्गल प्रचार गरेर उसलाई सेबोटेज गर्नु थियो।

अमेरिकी पासपोर्ट त्यागेर नेपाल बस्छु भनेर रविले भनिरहँदा उनलाई निरन्तर बिदेशी भनेर क़रार गरियो।नेपालमै जन्मेर केही समय अमेरिका बसेर त्यताको पासपोर्ट प्राप्त गरेकै आधारमा उनलाई दोषी ठहराईयो,उनले अमेरिकी पासपोर्ट त्याग गर्न गरेको प्रक्रियालाई नजर अन्दाज़ गरियो,उनी खाडी देखि जनताको नाड़ी सम्म पुगेर उद्दार र सहयोगी बनिरहँदा उनलाई नागरिकताकै कारण देखाएर अपराधी क़रार गरिने चेष्टा भईरहेको छ।

रविले पार्टी कार्यालयमा राखिएका शान्तिपूर्ण र शालीन बिरोधका ब्यानर हटाएकोमा सरकार बिरुद्द बोले,जम्बो मन्त्री परिषदका बिरुद्द सरकार बिरुद्द बोले,कालाबजारीहरु बिरुद्द बोले,कर नतिर्नेहरु बिरुद्द बोले,अदालतको सजाँय बेवास्ता गरेर खुलेयाम बाहिर फिर्नेहरु बिरुद्द बोले, जनताको फिला चिर्नेहरु बिरुद्द बोले,कानून छलेका बिरुद्द बोले,कानून मिचेका बिरुद्द बोले,के के मा बोलेनन् रवि? रविले कहिले देश र जनताका बिरुद्दमा बोलेका छैनन्।

रवि लामिछाने भगवान हुन् र उनले जे गरे पनि हुन्छ भनेर यो पङ्तिकारले भन्दैन,रविले गरेको जे पनि ठिक छ भनेर पनि सहमत छैन केही शैली प्रति यो पङ्तिकार असहमत छ तर चोर,गुण्डा,बलात्कारी,भ्रष्टाचारीहरु हाई हाई भईरहँदा एउटा देशभक्त नेपाली(चाहे त्यो भू.पू. नै होस्:
स्मरण रहोस् रविले त आफूले पासपोर्ट फिर्ता गर्ने प्रकृयामा रहेको बताएका छन्)ले जनताको ढुकढुकीको आवाज़ बाहिर ल्याउँदा आफ्नो खेलो खेती बन्द हुने भयो भनेर पछि लाग्नेहरुको पक्षमा म कहिल्यै हुन सक्दिन।

बिदेशिएका नेपालीहरुलाई फर्क पनि भन्ने तर फर्केकालाई उल्टो अपराधी क़रार गर्ने हो भने सरकारको समृद्द नेपालको सपना झूठो हो भनेर भन्न कर लाग्छ,पचास लाख युवाहरुको देश फर्केर केही गरौँ भन्ने भावनामा चोट लागेको भन्नै पर्छ। के आफ्नो देश फर्केर आफ्ना जनताको सुख दु:खमा सहयोग गर्नु कानूनको उल्लंघन हो? हो भने यस्ता कानूनको पुनर्लेखन गरे हुन्छ। निरीहले मात्र कानून मान्नुपर्छ भन्ने केही छ? भ्रष्टहरु हाई हाई हुने र देशभक्तहरु बाई बाई हुने कानून हामीलाई चाहिँदैन।

के रवि लामिछानेका तल उल्लेखित एक्सनहरु अपराध हुन् ?हुन् भने म पनि यी अपराध गर्न चाहन्छु:

*के पी ओली र प्रचण्डको मिटिङ कैयौँ पटक सेट गर्न सक्ने पावरफूल ठेकेदार शारदा प्रसाद अधिकारी बिरुद्द रवि बोले,स्वयं प्रचण्डलाई घर भाडामा दिन सक्ने तर ठेक्का लिएका सडकहरु कलंकी- नागढुङा, सुर्यबिनायक-नगरकोट, गोपीकृष्ण-कपन जस्ता कैयौँ सडक बनाउन नसकेका शारदा प्रसाद बिरुद्द उनी बोल्नु अपराध भयो? प्रचण्ड संग घर भाडा लिनु हुन्छ कि फ्री मा राख्नु भा छ होला भनेर रविले मिडियामा बोल्नु अपराध भयो?

*३० करोड खर्चेर ३ हप्ता पनि नटिक्ने,औँलाले उप्काउन सकिने कालो पत्रे सडकको पर्दाफ़ाश गर्नु उनको अपराध ठहरियो?

*एसएसपी श्याम खत्रीलाई पुरानो सुन काण्डमा क्लिन चिट दिएका बिरुद्द बोल्नु उनको अपराध ठहरियो?बिकाउ न्याँयालय बारे भण्डाफोर गर्नु रविको अपराध हो?

*मरेका मान्छेको नामको वृद्ध भत्ता ९ वर्षसम्म खाने मनका महा “काले” कर्मचारीको कर्तूत देखाउनु रविको अपराध हो?

*चुनावका बेला घाँस काट्ने, गाई दुहुने तर जिते पछि महाराजा बन्न खोज्नेहरु संग तपाईँको बिगत के थियो र यत्रो सम्पति बिना जागिर र ब्यवसाय कसरी आयो भनेर प्रश्न गर्ने रवि लामिछाने अपराधी हुन्?

संविधान बिभेदकारी छ छैन भन्ने कुरा देश भित्रको बहस हो,मोदीजी संग तपाईको केही लेना देना त छैन नि भनेर प्रदेश २ का मूख्यमन्त्रीलाई सोध्नु के अपराध थियो?

*अनाहकमा एक निर्दोष पत्रकारलाई भ्रष्ट SSP ले किक हाने,तर हामीलाई चाहिँ सारा तस्करहरुलाई टुँडिखेलमा लाइन लगाएर नाकको डाँडी बाङ्गिने गरी उफ्री उफ्री किक हान्न मन छ भनेर जनताको बिद्रोहको भाषा बोल्नु अपराध थियो?
*नरेन्द्र मोदीको स्वागतमा सडक रंगाउन ब्यस्त केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय प्रशासनले देशको सिमामा भारतीय सिमा सुरक्षा बल SSB ले गरेको दादागिरी बारे एक शब्द नबोल्ने सरकारलाई खबरदारी गर्नु रविको अपराध थियो?
*अभिभावकको ज्यान लिने केहि नीजि स्कूलहरु जस्ले भेनेकै ठाउँबाट ड्रेस,किताब कापी किन्नु पर्ने, हरेक बर्ष भर्ना फी, डिपोजिट,अतिरिक्त शुल्क,केटाकेटीलाई बाहिर लाने नाममा शुल्क लिने बिरुद्द बोल्नु अपराध थियो?
ओठमा २ टाँका र सामान्य उपचारको बिल ४९ हजार, टाँका लगाउने कामलाई अप्रेशन भन्ने र मिडियामा ल्याउँछु भन्दा घुस दिन खोज्नेको भण्डाफोर गर्नु रविको दोष हो?
पत्रकारको खोल ओढेर न्याँय अन्याँय नदेख्ने चाटुकार पत्रकारहरु बिरुद्द बोल्नु रवि लामिछानेको अपराध हो?

अदालतको निर्णयलाई त के भगवानकै निर्णयमा पनि बोल्न पाईन्छ। रेट कार्ड टाँस्न मात्र बाँकी छ, न्याँय बिक्री भएकै छ। सबै बिकाउ छैनन् तर सबै न्यायमूर्ति होइनन् भन्नु उनको अपराध थियो?

रविले गलत गर्ने ठूला साना कोहीलाई पनि छोडेका छैनन्, ब्यवस्थापिका,कार्यपालिका र न्याँयपालिका सबैका कमजोरीहरु बारे बोलेका छन्, चिच्याएका छन्।त्यसैले भ्रष्टहरुको भूमिगत गिरोह रवि बिरुद्द लागेको छर्लंग छ।

यति धेरै बिसंगति बिरुद्द जनताको एक्लो सरकार रवि लामिछानेलाई ग़ैरक़ानूनी भनेर उनलाई गलहत्याउन भन्दा पहिले सरकारले हरेक क्षेत्र सुधार गर्ने हिम्मत राख्न सक्छ? सक्छ भने धुर्मुश सुन्तलीले धमाधम पुनर्निर्माण गरिरहँदा सुत्ने सरकार र रविले समाजमा न्याँय दिँदा कानूनको उल्लंघन देख्ने सरकारबाट जनताले के आशा गर्ने?

सरकार! देश फर्कन लागेका लाखौँ युवाहरुको अठोटमा नुन चुक नछर्क। रवि लामिछाने जस्ता लाखौँ युवाहरु नेपाली जनतालाई चाहिएको छ। रवि एउटा गौरवमय क्रान्ति हो त्यसलाई सम्मान गर। भ्रष्टहरुको कानको जाली फुट्ने गरी कराउने रवि लामिछाने जनताको एक्लो सरकार हो,त्यसलाई नचलाऊ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *