Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
विश्वकप : नाम झुक्किँदा फ्यानहरु अर्कै सहरमा – Rabin's Blog
Saturday, April 27, 2024

विश्वकप : नाम झुक्किँदा फ्यानहरु अर्कै सहरमा

एजेन्सी । क्रोएसियाविरुद्धको खेल हेर्न रसिया पुगेका दुई जना अर्जेन्टिनी फ्यानहरु नाम झुक्किँदा झण्डै हजार किलोमिटर टाढा रहेको अर्को सहरमा पुगेका छन् ।

आरटीका अनुसार ती फ्यानहरु लियोनेल मेस्सी र लुका मोड्रिचको भिडन्त हेर्न निझ्नी नोभ्गोरोड पुग्नुपर्ने थियो ।तर, उनीहरु १३ घण्टा यात्रा गरेर भेलिकी नोभ्गोरोड पुगे ।दुई सहरबीचको दुरी ९७४ किलोमिटर रहेको छ ।उक्त खेल अर्जेन्टिनाले ३–० ले हारेको थियो ।

यद्यपि, उस्तै देखिने नामका कारण झुक्किने उनीहरु मात्र होइनन् । एक स्वीस जोडीले रोस्तोभ–अन डनमा होटेल बुक गरेको ठानेर सहर आइपुगेका थिए । तर वास्तवमा उनीहरुले ९९९ किलोमिटर टाढा रहेको रोस्तोभ भेलिकीमा कोठा बुक गरेका थिए ।तर, स्थानीयहरुले उनीहरुका लागि चाँडै बस्ने व्यवस्था मिलाइदिएका थिए ।यता, चिनियाँ फुटबल फ्यानहरु भोलोग्डा पुग्नुपर्नेमा ९९७ किलोमिटर टाढा भोल्गोग्राड पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *