Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
साहसिक ७० वर्षका वृद्ध किसान, जसले गाउँमा पानी ल्याउन ३ वर्षसम्म एक्लै पहाड खनेर बनाए नहर – भिडियो – Rabin's Blog
Tuesday, April 30, 2024

साहसिक ७० वर्षका वृद्ध किसान, जसले गाउँमा पानी ल्याउन ३ वर्षसम्म एक्लै पहाड खनेर बनाए नहर – भिडियो

एजेन्सी। एक वृद्ध किसानले आफ्नो कडा मेहनतले गाउँका सयौं किसानको समस्या समाधान गरिदिएका छन् । ७० वर्षका ती किसानले ढुङगै ढुङगा भएको पहाडमा ढुङ्गा तोडेर १ किलोमिटर लामो नहर बनाएका हुन् । भारतको ओडिशा राज्यकादैत्री नायक नामका ती किसानलाई चट्टान तोडेर यो नहर बनाउन पूरै ३ वर्ष लाग्यो । अब भने पानीको कमीका कारण संकडमा परेका गाउँका किसानले दैनिक कामकाज र खेतीको लागि सहज पानी पाउने भएका छन् ।

यहाँको केन्दुझर जिल्लामा बाँसपाल, तेलकोइ र हरिचंदपुर गाउँमा सिंचाइको लागि कुनै व्यवस्था थिएन । खेतीको लागि किसानलाई वर्षाको पानीमै निर्भर रहनुपथ्र्यो । दैनिक कामकाजका लागि पनि उनीहरु पोखरीको फोहर पानी प्रयोग गर्न बाध्य थिए । प्रशासनले यो पहाडी क्षेत्रमा पानीको लागि कुनै व्यवस्था गरेको थिएन । यस्तोमा बैतरणी गाउँमा दैत्री नायकले यहाँ पानी ल्याउने निर्णय गरे ।

दैत्रीले भने ‘मैले परिवारसँग मिलेर नहर बनाउने काम सुरु गरें । मैले पानीको व्यवस्था गर्नको लागि ३ वर्षसम्म पहाडको चट्टान फोडें । मेरा परिवारले ठूला ठूला ढुंगा हटाउन मद्दत गरे । नहर खनेपछि अघिल्लो महिना गाउँमा पानी आएको छ । अब मात्र प्रशासनले यो खबर पाएको भन्दै सिंचाइ व्यवस्थाका लागि जरुरी कदम उठाउने बताएको छ ।

हेर्नुहोस् भिडियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *