Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
चर्चित अभिनेत्री करिश्मा मानन्धरलाई ३ महिना पहिले नै तीज लाग्यो, कम्मर मर्काउदै पार्टी प्लेसमा डान्स गर्दै गर्दा भेटिन पुगिन (भिडियोसहित – Rabin's Blog
Friday, April 26, 2024

चर्चित अभिनेत्री करिश्मा मानन्धरलाई ३ महिना पहिले नै तीज लाग्यो, कम्मर मर्काउदै पार्टी प्लेसमा डान्स गर्दै गर्दा भेटिन पुगिन (भिडियोसहित

काठमाडौ – निकै सामान्य र शालीन करिश्मा मानन्धर अझै उस्तै सुन्दर छिन् । तीन दशक लामो फिल्मी करिअरसँगै उनी पछिल्लो समय राजनीतिमा पनि सक्रिय छिन् ।

‘यस वर्षको तपार्इंको योजना ?’ नयाँ पत्रिकाको जिज्ञासामा उनले भनिन्, ‘नजिकिँदो एसइई परीक्षाको तयारी पहिलो प्राथमिकतामा छ ।’ करिश्मा र कक्षाकोठाको कनेक्सनबारे राम्रो यथार्थपरक उपान्यास वा डकुमेन्ट्री फिल्म नै बन्न सक्छ । उनले ७ कक्षा पास गरेपछि यो कथा सुरु भएको थियो ।

प्रकाश थापाको निर्देशनमा बनेको फिल्म ‘सन्तान’मार्फत अभिनयमा डेब्यु गरेपछि करिश्माले करिअरमा पछाडि फर्कनुपरेन । ०४२ सालमा फिल्म रिलिज हुनुपूर्व नै उनलाई अन्य फिल्म र विज्ञापन खेल्न प्रस्तावको ओइरो लागेको थियो ।

‘त्यतिवेलाको कडा समाज, जतिवेला म १४ वर्षको मात्रै थिएँ । मैले फिल्म खेल्ने इच्छा देखाएपछि आमाले रहर मर्न दिनुभएन, विश्वासका साथ मलाई छुट दिनुभयो,’ अनामनगरस्थित क्याफेमा करिश्माले भनिन्, ‘अहिले मेरी छोरी कविता मानन्धर धेरै ठूली भइसकेकी छिन् ।

तर, अझै उनले फिल्म क्षेत्रमा लाग्न खोज्दा कहीँकतै असफल त हुने होइन भन्ने चिन्ताले मलाई सताउँछ ।’ छोरी करिश्मा र आमा करिश्मा हुनुको फरक छुट्याउँदै उनले भनिन्, ‘त्यतिवेला आमाले मलाई दिएको साथ सहयोग र भरोसा आजको दिनमा मैले छोरीलाई दिन सक्दिनँ होला ।’ ऋणी छोरी करिश्माले जितिसकिन् र आमा करिश्मा परीक्षाकै क्रममा छिन् ।

अहिले यिनै चर्चित अभिनेत्री करिश्मा मानन्धरलाई ३ महिना पहिले नै तीज लागेको छ । आज काठमाडौंको एक पार्टी प्यालेसमा अभिनेत्री करिश्मा कम्मर मर्काउदै गर्दा भेटिएकी छिन् । उनले तीजको गीतमा कम्मर मर्काउदै गर्दा एकदमै राम्रो भएको र धेरै पछी नाच्नु पाउदा एकदमै खुशी रहेको बताएकी छिन् । थप जानकारीको लागि भिडियो हेर्नुहोस् ..

Leave a Reply

Your email address will not be published. Required fields are marked *