Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
सरकारले भन्यो बिहेमा अब तोकेको भन्दा बढी सुन दिन नपाइने नत्र सजाय भोग्नु पर्ने – हेर्नुहोस – Rabin's Blog
Tuesday, April 30, 2024

सरकारले भन्यो बिहेमा अब तोकेको भन्दा बढी सुन दिन नपाइने नत्र सजाय भोग्नु पर्ने – हेर्नुहोस

बिहे गर्दा चर्काे रूपमा सुन, गर-गहना दाइजाे दिनुपर्ने विकृति न्यूनीकरण गर्न गृह मन्त्रालयले नयाँ व्यवस्था गर्न लागेकाे छ। बिहेमा दुलाहा पक्षले दुलहीलाई बढीमा ४० ग्राम र दुलही पक्षले दुलाहालाई बढीमा २० ग्राम सुन दिन मिल्ने विधेयक गृह मन्त्रालयले तयार पारेकाे छ। बिहेमा हुने तडगभडक तथा विकृति न्यूनीकरणका लागि भन्दै मन्त्रालयले नयाँ ऐन ल्याउने तयारी गरेको हो। बिहेमा दिइने महंगा उपहारमाथि पनि नियन्त्रण गरिन लागेकाे छ ।

अब विवाहमा बोलाइएका व्यक्तिले ५ सय रुपैयाँ वा सो बराबरको मात्र उपहार दुलाहा वा दुलहीलाई दिन पाउने व्यवस्था उक्त विधयेकमा गरिएको छ। जन्तीकाे मामलामा पनि दुलाहा पक्षबाट २५ र दुलही पक्षबाट ३५ जना मात्र जन्ती जान पाउने व्यवस्था उक्त एेनले गर्दै छ । त्यस्तै बिहे भोजमा २ सय ५० र सामाजिक भोजमा १ सय जनासम्मलाई बोलाउन पाइने व्यवस्था समेत विधेयकमा रहेकाे छ । साथै विवाह र अन्य भोजभतेरको खर्च विवरण १५ दिन भित्र स्थानीय तहमा बुझाउनु पर्ने व्यवस्था विधेयकमा छ।

साे विधेयक पास भएमा तोकिएको भन्दा बढी सुन दिएकाे थाहा पाए सुन नै जफत वा ३ महिना जेल सजाय हुने, बढी जन्ती लिनेलाई पचास हजार रुपैयाँसम्म जरिवाना हुने, सार्वजनिक पद धारण गरेको व्यक्तिले यो व्यवस्थाको उल्लंघन गरे थप २५ प्रतिशत सजाय हुनेछ । मन्त्रालयले बनाएको मस्यौदा आवश्यक परिमार्जन गर्न कानून मन्त्रालयमा पठाइएको छ । सामाजिक व्यवहारमा भड्किलो प्रदशन गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न नयाँ ऐन ल्याउनु परेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *