Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
साइकलले र मोटरसाइकलले अब उपरान्त मासिक यती कर तिर्नुपर्ने ! – Rabin's Blog
Friday, April 26, 2024

साइकलले र मोटरसाइकलले अब उपरान्त मासिक यती कर तिर्नुपर्ने !

विराटनगर, ७ साउन । मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकाले साइल र मोटरसाइकलबाट थप कर लिने निर्णय गरेको छ ।गाउँपालिकाले कर उठाउने निर्णय गरेपछि स्थानीयहरू आन्दोलित बनेका छन् । कानेपोखरी गाउँपालिकाले चालु वर्षदेखि प्रतिसाइकल मासिक १ सय र मोटर साइकललाई २ सय रुपैयाँ कर लिने नीतिगत निर्णय नै गरेको छ ।

पञ्चायतकालमा सडकमा गुडिरहेका साइकललाई जबर्जस्ती रोकेर गाउँ पञ्चायत र नगरपञ्चायत उल्लेख गरिएको स्टिकर साइकलको स्पोकमा टाँसेर कर असुली गरिन्थ्यो । मोरङको गापाको यो निर्णय लगत्तै स्थानीय सर्वसाधारण आन्दोलित भएका छन् ।

विरोधमा वडा १ का सर्वसाधारणले शुक्रबार गाउँपालिकामा धर्ना दिँदै प्रमुख ताराबहादुर काफ्लेलाई ज्ञापनपत्र बुझाएका छन् । तीन दिनभित्रमा निर्णय फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी स्थानीयले दिएका छन् ।

विजय किस्कुको संयोजकत्वमा १३ सदस्यीय संघर्ष समिति पनि निर्माण गरेका छन् । गाउँपालिकाले सर्वसाधारणलाई मारमा पार्नेगरी गरेको कर निर्धारण फिर्ता नलिए गाउँपालिकामा तालाबन्दी गरेर अवज्ञा आन्दोलन गर्ने संयोजक किस्कुले बताएका छन् ।

होक्लाबारी, केरौन र बयरवन गाविसलाई मिलाएर संघीय संरचनामा निर्माण गरिएको कानेपोखरी गाउँपालिका मोरङको मध्यभागमा पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *