Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
मुखमा मुकुण्डो लगाएका एसएसपी श्याम खत्री यसरी पसे खोरमा – भिडियो सहित – Rabin's Blog
Friday, April 26, 2024

मुखमा मुकुण्डो लगाएका एसएसपी श्याम खत्री यसरी पसे खोरमा – भिडियो सहित

मोरङ जिल्ला अदालतमा आत्मसर्मपणपछि न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासमा भएको बयानमा उनले तस्करीका मुख्य व्यक्तिमध्येका चूडामणि शर्मा ‘गोरे’ले विगतमा धम्की दिने गरेको बताएका छन्। विमानस्थलबाट सुन भित्रने गरेको कुरा आफ्नो जानकारीमा नरहेको पनि उनले बयानमा भनेका छन्।

एसएसपी खत्रीले गोरेलाई आफूले सुन तस्करीको प्रकरणमा नभई अन्य सम्बन्धबाट चिनेको जिकिर पनि गरेका छन्। गोरेले आफूलाई डिआइजी गोविन्द निरौलाको व्यक्ति भन्दै धम्क्याउने गरेको समेत अदालतमा उनले बताएका छन्।

गोरेले सुन तस्करी गर्ने गरेकोबारे आफू जानकार नभएको तर नेपाल भित्रन लागेका आफ्ना सामान सुरक्षित राखिदिनू भन्दै धम्की भने दिने गरेको खत्रीले बताएका छन्। कहिले धम्की दिए भन्नेबारे विस्तृत विवरण भने खुल्न सकेको छैन।

साढे ३८ किलो सुन तस्करी प्रकरण बाहिर आए लगत्तै फरार भएका उनले उक्त अभियोग अस्वीकार गर्दै आफू निर्दोष रहेको बयान दिएका थिए। उनले यस्तो बयान दिए पनि अदालतले भने उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *