Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
माेरङ धनपालगढीमा राति अनौठो चिज बलेपछि हेर्नेको भिड – Rabin's Blog
Tuesday, April 30, 2024

माेरङ धनपालगढीमा राति अनौठो चिज बलेपछि हेर्नेको भिड

माेरङ / मोरङको कसेनीमा रहेको पर्यटकिय स्थल धनपालगढीमा साँझको समयमा रुखमा उज्यालो बल्न थालेपछि हेर्नेको भिड लाग्न थालेको छ ।
साँझ ७ बजे देखी चार पाँच ओटा रुखमा पिलिक पिलिक उज्यालो बल्न थाले पछि हेर्नेको भिड लाग्न थालेको हो । जुनकीरी जस्तै एकै साथ रुखमा बल्छ बेलबारी वडा नम्बर ५ का अध्यक्ष बिश्वबन्धु बस्नेतले भने दैविक शत्तिको उत्पति भएको भन्दै हेर्नेको भिड लाग्न थालेको छ । गाडि नै लिएर उत्त क्षेत्रमा मानिसहरु आउने गरेको अध्यक्ष बस्नेतको भनाई रहेको छ ।

केहि दिनदेखी धनपाल थानमा चार पाँच ओटा रुखामा एकै पटक पिलपिलक बल्न थालेपछि हेर्नेको भिड बढदै जान थालेको छ । स्कारपियो गाडि देखी ट्रयाक्टरमा समते आएर हेर्ने गरेको वडाअध्यक्ष बस्नेतले बताए । प्रचार प्रसार तथा संरक्षणको अभवामा रहेको धनपालथानमा अहिले दैनिक १ हजार भन्दा वढि मानिस जान थालेका छन ।

साँझ ७ बजे पछि दैनिक ४०–५० वटा सम्म ट्रयाक्टरनै ल्याएर आउनेको भिड लाग्ने गरेको स्थानिय नन्दराज गिरीले बताए ।
गिरीका अनुसार साँझ अनौठो बस्तु हेर्न आएकालाई ब्यबस्थापन गर्न प्रहरीलाई समेत हम्मे हम्मे पर्ने गरको छ । कहिल्यै धनपाल नपुगेका मानिसहरु पनि अहिले पर्यटकका रुपमा पुग्ने गरेका छन । रुखमा बलेको बस्तु जुनकरी नै हुन सक्छ वडा नम्बर ७ का वडा अध्यक्ष बस्नेतले भने जे भएपनि पर्यटकको संख्या बढन थालेको छ । जुनकीरीले नै भए पनि पर्यटक भित्रयाएको भन्दै स्थानिय वासिन्दा भने खुसि रहेका छन ।

अतिक्रमणको चपेटामा रहेको धनपालथानमा अहिले पर्यटक समेत पुग्न थालेका छन । ३५ बिगाह जग्गा रहेको गढीको ६ बिघा भने स्थानियको नियन्त्रणमा रहेको छ । गौचरनका रुपमा परिणत भएको पर्यटकीय क्षेत्र संरक्षणको पर्खाइमा रहेको धनपालथानको संरक्षण गर्नुपर्ने समेत कुरा उठन थालेको छ । धनपाल थानमा ३ वटा पोखरी रहेका छन । अन्य ४ वटा पोखरी भने भत्किसकेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *