Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
उडिरहेको जहाजभित्र एक नेपालीले यस्तो ताण्डव देखाएपछि…. भिडियोमै हेर्नुहाेस – Rabin's Blog
Saturday, April 27, 2024

उडिरहेको जहाजभित्र एक नेपालीले यस्तो ताण्डव देखाएपछि…. भिडियोमै हेर्नुहाेस

नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाज शुक्रबार बिहान दुबईबाट काठमाडौंका लागि उड्यो। चालक दलका आठ र १ सय ३७ यात्रु बोकेर उडेको जहाज दुई घण्टापछि अकस्मात गन्तव्य परिवर्तन गरी काठमाडौंको सट्टा भारतको नयाँदिल्लीमा आकस्मिक अवतरण गर्नुपर्‍यो। दुबईबाट त्यही जहाजमा आएका नेपाली यात्रु मोरङका २९ वर्षीय सुशील रतेलले चालक दल र अन्य यात्रुलाई करिब २० मिनेटसम्म अपशब्द बोल्दै दुर्व्यवहार गरेपछि

चालक दलले बाध्य भएर दिल्लीमा आकस्मिक अवतरण गराउनुपरेको थियो। वरिष्ठ क्याप्टेन श्यामकृष्ण ढेवाजू र कोपाइलट सञ्जय बैद्यले उडाएर ल्याएको ‘९ एन–एकेडब्लू’ कलसाइनयुक्त उक्त जहाज दुबईबाट शुक्रबार बिहान ४ बजे काठमाडौंका लागि उडेको थियो।

दुबईबाट काठमाडौं आएको वायुसेवा निगमको एयरबस नयाँदिल्लीमा आकस्मिक अवतरण जब जहाज पाकिस्तान र भारतबीचको सीमामाथि आइपुग्यो, तब रतेलले अरूलाई दुव्र्यवहार गर्न सुरु गरे,’ स्रोतले नागरिकसँग भन्यो, ‘नौ नम्बर सिटमा रहेका उनलाई दिइएको खाना अन्य यात्रुमाथि खन्याइदिने मात्र नभई सँगै आएको साथीलाई हातपातसमेत गरे। त्यतिले नपुगेर जहाजकी एक एयरहोस्टेसलाई घचेडेर झन्डै पछारिदिएका थिए।’

रतेलले असामान्य व्यवहार देखाएपछि अन्य यात्रुले पनि जहाजबाट हटाउनैपर्ने गुनासो गरे अनि क्याप्टेन ढेवाजू र कोपाइलट बैद्यले जहाज दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराए र सुरक्षाकर्मी बोलाएर जहाजभित्रैबाट रतेललाई भारतीय सुरक्षाकर्मीको जिम्मा लगाएका थिए। उनलाई सम्झाउँदा नमाने पछि बाँधेरै भारतसम्म ल्याउनु परेको थियो।

त्यही जहाजमा रहेका केही यात्रुका अनुसार रतेलले जहाज चढ्नुअघि नै दुबईमा मदिरा पिइसकेका थिए। निगमले भने यो रुटमा यात्रुलाई खानाबाहेक मदिरा दिने गरेको छैन। एयरहोस्टेसले पानी, जुस, खाना, जे दिए पनि रतेलले फ्याँक्न थालेपछि उनीसँग आएका साथीले त्यसो नगर्न भन्दा उल्टै हातपात गरेका थिए। करिब २० मिनेट असामान्य व्यवहार देखाएपछि केही यात्रुले रतेललाई भुइँमा लडाइँ थिचेर बाँधेका थिए।

नागरिक न्युज

Leave a Reply

Your email address will not be published. Required fields are marked *