Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
पर्साबाट अायो यस्तो खतरनाक ससुराको दुःखद खबर, जानेपछि जिब्रो काढ्नुहुनेछ – Rabin's Blog
Friday, April 26, 2024

पर्साबाट अायो यस्तो खतरनाक ससुराको दुःखद खबर, जानेपछि जिब्रो काढ्नुहुनेछ

पर्सामा आफ्नै बुहारी र नातिनी जलाएर मार्न खोजेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले धोबिनी गाउँपालिका–३, हरिहरपुर घर भएका ५५ वर्षीय लक्ष्मीप्रसाद साह कानु र उनका १९ वर्षीय छोरा मुनाकुमार साहलाई जलाएर मार्न खोजेको आरोपमा पक्राउ गरेको हो । पर्सा प्रहरीले लक्ष्मीले मुनाको सहयोग लिएर आफ्नै छोरा सञ्जयकुमार साहकी पत्नी सञ्जु देवी र उनकी ८ महिनाकी छोरी रियालाई जलाएर मार्न खोजेको आरोपमा पक्राउ गरेको जनाएको छ ।

आगोले सञ्जु देवी र नाबालिका घाइते छन् । उनीहरुलाई नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारपछि थप उपचारका लागि कीर्तिपुर अस्पतालमा रिफर गरिएको छ । घरायसी विवादमा ससुरा लक्ष्मीप्रसादले देवर मुनाको सहयोगमा आफ्नो र छोरीको शरीरमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको आरोप सञ्जुले लगाएकी छन् ।

उपचारमा संलग्न चिकित्सकका अनुसार छोरीको अवस्था गम्भीर छ । सञ्जु देवीको घाँटीमा धारिलो वस्तुले काटेको घाउ छ । त्यस्तै उनको छाती, गाला र दुवै हात आगोले पोलेको छ । लक्ष्मी प्रसादलाई प्रहरीले नारायणी उपक्षेत्रिय अस्पताल परिसरबाटै नियन्त्रणमा लिएको छ । सासु भने फरार छिन् ।

सञ्जुका अनुसार सुतिरहेका बेला शुक्रबार बिहान तीन र चार बजेतिर अचानक आएका ससुराले कुटपिट गर्दै आफ्नो र छोरीको जीउमा आगो लगाएर मार्ने प्रयास गरेका थिए । तर सञ्जुका ससुरा र देवरले भने सञ्जु देवी आफैंले छोरी र आफनो जीउमा आगो लगाएर आत्महत्याको प्रयास गरेको दावी गरेका छन् ।

सञ्जु देवीले आफ्नो र दूधे बालकको जीउमा आगो लगाएलगत्तै छिमेकीको सहयोगमा बुहारी र नातिनीको उद्दार गरेर नारायणी अस्पतालमा उपचारका लागि ल्याएको उनीहरुको भनाइ छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *