Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
आइसल्याण्डले अर्जेन्टिनालाई दियो ठूलो धक्का, मेस्सीकै कारण यस्तो – Rabin's Blog
Friday, April 26, 2024

आइसल्याण्डले अर्जेन्टिनालाई दियो ठूलो धक्का, मेस्सीकै कारण यस्तो

कप्तान तथा स्टार खेलाडी लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेपछि अर्जेन्टिना विश्वकपको अाफ्नो पहिलो खेलमा डेब्यू टोली अाइसल्याण्डसँग १-१ को बराबरीमा रोकिएको छ।

खेलको ६३अौं मिनेटमा अाइसल्याण्डका माग्नुसनले सर्जियो अग्गुरोलार्इ लडाएपछि पाएको पेनाल्टीमा मेस्सीले गोल गर्न सकेनन। बायाँ तर्फ मेस्सीले प्रहार गरेको प्रहारलार्इ अाइसल्याण्डका गोलकिपर हेनस हलडोर्सनले पन्च गर्दै बाहिर पठाइ दिएका थिए।

अर्जेन्टिनाका लागि सर्जियो अग्यूरोले १९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएपनि ४ मिनेटमै गोल खान पुग्यो । आइसल्याण्डका लागि यो ऐतिहासिक पहिलो विश्वकप गोल गर्ने स्ट्राइकर बने २९ वर्षका अल्फ्रेड फिनबोगासन ।

मेसीले यो खेलमा पेनाल्टि मात्रै चुकाएनन् अर्जेन्टिनालाई टिमलाई जिताउने मौका समेत गुमाए । अर्जेन्टिना साविक उपविजेता हो । छनौट चरण नै मुस्किल बनेको अर्जेन्टिनालाई विश्वकप जित्ने अनुमान गरिए पनि त्यो अनुसारको प्रदर्शन गर्न सकेन । यो समुहमा यी दुईसहित क्रोयसिया र नाइजेरिया छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *