Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
विश्वकप फुटबलमा आज तीन खेल हुँदैं : पोर्चुगल र स्पेनलाई जित्नैपर्ने दबाब, रोनाल्डोको जादू कायमै रहला आज ? – Rabin's Blog
Friday, April 26, 2024

विश्वकप फुटबलमा आज तीन खेल हुँदैं : पोर्चुगल र स्पेनलाई जित्नैपर्ने दबाब, रोनाल्डोको जादू कायमै रहला आज ?

काठमाडौं, ६ असार । रुस विश्वकप फुटबलमा बुधबार तीन खेल हुँदैछन् । पहिलो खेलमा समुह बी को खेलमा पोर्चुगल र मोरक्को भिड्दै छन् । यो खेल साँझ ५ः४५ बजे हुनेछ । पोर्चुगलले पहिलो खेलमा स्पेनसंग बराबरी खेलेको थियो भने मोरक्को इरानसंग पराजित भएको थियो ।

दोस्रो खेलमा समुह ए को उरुग्वे र साउदी अरेबिया खेल्दैछन् । खेल राति ८ः४५ बजे हुँदैछ । पहिलो खेलमा उरुग्वेले इजिप्टलाई १–० ले हराएको थियो भने साउदी अरेबिया रुससंग ५–० ले पराजित भएको थियो ।

यो खेलमा विजयी भए उरुग्वे अर्को चरणमा पुग्नेछ । लगातार दुई जितसहित रुस अर्को चरणमा पुग्ने पहिलो टिम बनेको छ । रुसले मंगलबार रातिको खेलमा इजिप्टलाई ३–१ ले हरायो । इजिप्ट बाहिरिने पहिलो टिम बनेको छ ।

बुधबार रातिको अन्तिम खेलमा इरान र स्पेन भिड्दै छन् । समुह बी को यो भिडन्तअघिको खेलमा स्पेनले पोर्चुगलसंग ३–३ को बराबरी खेलेको थियो भने इरानले मोरक्कोलाई हराएको थियो ।इरान जितले अर्को चरणमा पुग्नेछ भने स्पेन जितले अर्को चरण प्रवेश बलियो पार्नेछ ।यो समुहबाट पोर्चुगल र स्पेन उपाधि दावेदार मानिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *