Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
३३ किलो सुन तस्कर र सनम हत्याका हत्याराहरूकाे हिरासतमै यस्तो हर्कत… के गर्ला सरकारले अब! – Rabin's Blog
Saturday, May 11, 2024

३३ किलो सुन तस्कर र सनम हत्याका हत्याराहरूकाे हिरासतमै यस्तो हर्कत… के गर्ला सरकारले अब!

मोरङ । ३३ किलो, ३८ क्वीन्टल सुनकाण्ड तथा सनम शाक्य हत्या काण्डमा प्रहरी हिरासतमा रहेका ११ अभियुक्तहरुले तारेखमा छाड्न माग गर्दै उच्च अदालतमा निवेदन दर्ता गराएका छन् ।उक्त काण्डमा पक्राउ परेका ४ प्रहरी अधिकारीसहित ११ अभियुक्तहरुले तारेखमा छाड्न माग गर्दै उच्च अदालत विराटनगरमा निवेदन दर्ता गराएका हुन् । उनीहरुले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका हुन् ।

जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएका उनीहरुले साधारण तारेखमा छाड्न माग गर्दै आफ्ना वकिलमार्फत उच्च अदालतमा मुलुकी ऐनको अदालती बन्दोबस्तको महलको १७ नम्बर अनुसार निवेदन दिएका हुन् ।पूर्वडीआईजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी सञ्जयकुमार राउत, गोरेको सहयोगी टेकबहादुर मल्ल र नेपाल एयरलाइन्सका कर्मचारी राजन थापा, हेमन्त गौतम, पुण्यप्रसाद लामा, भूजुङ गुरुङ र सम्बीरप्रसाद तोलाङ्गेलगायतले उच्च अदालतमा निवेदन दिएका हुन् । उनीहरुले आ आफ्ना कानुन व्यवसायी मार्फत निवेदन दिएका हुन् ।

अदालती बन्दोबस्तको १७ नम्बरमा पुनरावेदन सुन्ने अदालतले मातहतका अदालतमा परेका मुद्दाको कारबाहीमा म्याद नाघेको वा प्रक्रिया नपुर्‍याएको पाइएमा १५ दिनभित्र प्रक्रिया पूरा गर्न वा कानुन बमोजिम मुद्दाको किनारा गर्न आदेश दिन सक्ने व्यवस्था छ । अभियुक्तले उच्च अदालतमा निवेदन दर्ता गराएपछि जिल्ला अदालत मोरङले उच्च अदालत विराटनगरलाई अभियुक्तहरुले दिएको बयान, घटना मुचुल्का, अदालतको आदेशसहितको कैफियत प्रतिवेदन पठाएको छ । यस निवेदनमाथि उच्च अदालतले आउँदो बिहीबार पेशी तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *