Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
ट्रिपर र ट्रक बिरुद्ध ट्राफिक प्रहरीले गर्दैछ खतरनाक अप्रेसन, अब गर्दैछ यस्तो कडाइ – Rabin's Blog
Saturday, April 27, 2024

ट्रिपर र ट्रक बिरुद्ध ट्राफिक प्रहरीले गर्दैछ खतरनाक अप्रेसन, अब गर्दैछ यस्तो कडाइ

भक्तपुर । सडक नै कब्जा गरेर हुँइकिने ट्रिपर तथा ट्रक सडक ‘ड्रागन’ को रुपमा चिनिन थालेका छन् । न गुड्ने गति, नत चलाउने मति । मस्त बनेर हुँइकिन पाए बाँकी जेसुकै होस् भन्ने शैलीमा सडक कब्जा गर्दै आएका ट्रिपर तथा ट्रकले भक्तपुरमा मात्र दुई महिनाभित्र ६ जनाको ज्यान लिइसकेको छ । बल्ल आएर यिनीहरुमाथि निगरानी सुरु भएको छ ।

काठमाडौंको कोटेश्वरदेखि भक्तपुर र काँभ्रेको सीमा साँगासम्म विस्तारित ६ लेनको सडकमा लामो सयमदेखि मालवाहक ट्रिपर र ट्रकको नै साम्राज्य चल्दै आएको छ । धेरै जसो ट्रिपरले मोटरसाइकल र स्कुटरलाइ आफ्नो शिकार बनाउदै एक छन् ।ट्रिपर र ट्रकको गति मतिविहीन बन्दा यो सडकमा दुर्घटना सामान्य बन्न पुगेको छ । अधिकांश सडक दुर्घटनामा निर्माण सामग्री बोकेका सवारी साधन ट्रिपर र ट्रक नै कारक देखिएको छ ।

ट्रिपर तथा ट्रकको तीब्र गति र जथाभावी चलाउने प्रवृतिले दुर्घटना बढेपछि ट्राफिक प्रहरी सचेत बनेको छ । अधिकांश दुर्घटनामा ट्रिपर र ट्रकले ठक्कर दिँदा दुई पाँग्रे सवारी चालकहरुले ज्यान गुमाएका छन् ।तीब्र गतिमा सवारी चलाउने गर्दा दुर्घटना बढेको भन्दै नियन्त्रणका लागि राडर गनको प्रयोग ल्याईएको ट्राफिक कार्यालय भक्तपुरका प्रमुख जगत नेपालीले जानकारी दिनुभयो । सवारी चालकमा सवारी सम्बन्धि ज्ञानको कमी र सडक सभ्यताको पालना गर्न नसक्दा छ लेनको सडकमा दुर्घटना बढेको नेपालीको ठम्याई छ ।

हाल सम्म गति मापनका लागि राडर गनको उपयोग ल्याएको र हरेक दिन जसो झन्डै दर्जनौ सवारी साधन तीब्र गतिकै कारण कारवाहीमा पर्ने गरेका छन् । छ लेन सडकमा सवारी दुर्घटना नियन्त्रणका लागि बिभिन्न खालका जनचेतनामूलक कार्यक्रमका साथै सवारी चालकहरुलाई बेला मौकामा सवारी ज्ञानसम्बन्धिका कक्षाहरु समेत सञ्चालन भइरहे पनि यस्ले ठोस उपलब्धि हासिल गर्न सकेको छैन् । तर ट्राफिक प्रहरीले सुरु गरेको राडर गनको प्रयोग सफल हुने संकेत देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *