Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
छोरा गुमाएकी आमा : लाइसेन्स हुँदैमा जसको छोरा पनि मार्न पाइन्छ ? – Rabin's Blog
Saturday, April 27, 2024

छोरा गुमाएकी आमा : लाइसेन्स हुँदैमा जसको छोरा पनि मार्न पाइन्छ ?

काठमाडौं । कैलाली, लम्कीचुहाकी कमला जिसी कहिले महान्यायाधिवक्ता कहाँ पुग्छिन् त कहिले बानेश्वरस्थित संसद भवन परिसरको गेटमा आउँछिन् । न्याय पाइन्छ कि भन्ने आशले माननीयहरुसामू दुखेसो पोख्छिन् ।आइतबार उनी गृहमन्त्री रामबहादुर थापा बादलसम्म ज्ञापनपत्र पुर्‍याइदिन हारगुहार गरिरहेकी थिइन् । जिसीको अनुहारबाट प्रष्ट हुन्थ्यो कि उनी ठूलै दुःखमा छिन् ।

उनी दुर्घटनामा २५ वर्षे कान्छो छोरा गुमाएकी आमा रहिछिन्, जो न्याय माग्दै भौतारिरहेकी छन् ।धेरैका लागि १ वैशाख नयाँ विहानी बनेर आउँदा उनी भने पुत्रशोकमा डुबेकी थिइन् । ३० चैत २०७४ मा नवलपुर, गैंडाकोट १० कोटिहोममा भएको सवारी दुर्घटनामा उनको छोरा सुनिल धमला र लक्षण नेपाल परेका थिए ।

विदेश जाने तयारीमा रहेका सुनिल हजुरआमालाई भेटेर काठमाडौं र्फकने क्रममा दुर्घटनामा परेका थिए । उनको घटनास्थलमै मृत्यु भएको रहेछ तर, काठमाडौंमा रहेकी आमा कमलालाई ‘दुर्घटनामा परेको चितवनमा राखेको छ’ भनियो । ‘दुर्घटना भयो, तर आत्तिनुपर्दैन जाँदैन भने’ कमलाले रुँदै भनिन्, ‘१०/१० हजारमा ट्याक्सी खोजेर गयौं । अस्पताल पुग्दा छोराको शव देखेपछि मेरो होसहवास रहेन ।’

‘पुलिसले जाहेरी दिनुस्, शव बुझेर दाहासंकार गरेर आउनुस्, हामी कारबाही गर्छौं’ भनेछन् ।उनका जेठा छोरा विदेशमा छन्, छोरीको बिहे भइसकेको छ । श्रीमानको पहिले नै मृत्यु भइसकेको छ । त्यसैले काठमाडौंमा तरकारीको व्यापार गर्दै छोराछोरी पाल्दै आएकी थिइन् ।

कान्छा छोराको गुमाएको पीरले उनी थला परिन् । प्रहरी कहाँ धाइदिने पनि कोही भएन । उनी बेलाबेला गैंडाकोट प्रहरीलाई फोन गर्न्थिन् । प्रहरीले साहु आएको छैन, आएपछि बोलाउँछौं भन्ने जवाफ दिन्थ्यो । ‘२५ दिन पुगेपछि मुद्दा अदालत चलाइदो रहेछ । मलाई थाहा भएन । प्रहरीले एक्कासी बोलायो, त्यो (दुर्घटना भएको) ठाउँमा पुग्दा ….’ उनी भक्कानिइन् ।उनका अनुसार गैडाकोट प्रहरीका इन्स्पेक्टरले ‘यो दिदीको जिम्मा म लिन्छु, तपाईहरु जानुस्’ भने ।उनी होटलमा गएर बसिन्, तर अत्तोपत्तो नभएपछि उनी फेरि प्रहरी कहाँ पुगिन् । तर, इन्स्पेक्टरले ‘तपाईको मुद्दा अदालत गइसक्यो, मसँग केही छैन’ भने । आफूले यहाँ मिल्ने कि अदालत जाने सोध्नु भएको भए हुन्थ्यो भन्दा प्रहरीले उल्टै हप्काएर पठाएको कमलाको गुनासो छ ।

आफ्नो खर्चहरुको विल देखाउँदै यो कसले तिर्छ भन्दा पुलिसले खोस्न खोजेको र त्यसक्रममा एम्बुलेन्सको बिल च्यातिएको भन्दै उनले टुक्राटुक्रा परेको कागज देखाइन् ।कमलाका अनुसार अहिलेसम्म सवारी दुर्घटनामा ज्यान गुमाएको परिवारले पाउने ५ लाख रुपैयाँ पनि पाएकी छैनन् ।दुर्घटना भएको मोटरसाइकल मर्मत, किरियालगायतका कुनै खर्च पनि पाएकी छैनन् । ‘कहिले गैंडाकोट जा भन्छ, कहिले यता आ भन्छ’ उनले भनिन् ।अब उनी राहत मात्र मागिरहेकी छैनन्, दुर्घटना गराउने ड्राइभरसँगै अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुमाथि समेत कारबाहीको माग गरेकी छन् ।

अब उनी राहत मात्र मागिरहेकी छैनन्, दुर्घटना गराउने ड्राइभरसँगै अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुमाथि समेत कारबाहीको माग गरेकी छन् ।उनको गुनासो छ, साहुलाई भेट्नसमेत दिइएन र मुद्दा चलाउनु अघि एक पटक सोधिएन । ‘मलाई सोध्दै नसोधेर मुद्दा किन चलाइयो ? म आमा होइन भने ठीक छ । म यही सिहदरबारको गेटमा फाँसी लगाएर मर्छु’ उनी फेरि भक्कानिइन्, ।

‘होइन भने म जन्म दिने आमा हुँ । राहत लिने कि मुद्दा चलाउने मलाई सोध्नु पर्दैन ?’ उनले अघि भनिन्, ‘सोधेको भए, ५ लाख मात्र लिन्थेँ कि, अरु खर्चको कुरा गर्थे कि ? अब मेरो बाइक कसले बनाइदिने, एम्बुलेन्स खर्च कसले दिने ?’

उनले रुँदै भनिन्, ‘ल, लाइसेन्स हुनेले जसका छोरा पनि मार्न पाउने भए मसँग पनि लाइसेन्स छ । मैले पनि त्यो ड्राइभर मार्न पाउँ । म सेकेण्डको सेकेण्ड ५ लाख रुपैयाँ तिरिदिन्छु । होइन भने दोषीहरुलाई कारबाही हुनुपर्‍यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *