काठमाडौं । काठमाडौंको शुक्रबार बिहान यात्रुवाहक बस दुर्घटना भउको छ । काठमाडौंको लामबगरमा शुक्रबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् ।बा ३ क ३७४९ नम्बरको बस धर्मस्थलीबाट रत्नपार्कतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार दुर्घटनाका घाइते १५ मध्ये १२ को ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र ३ जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उपचाररत १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।