Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
भर्खरै आयो दिपक मनाङेको सर्वोच्च अदालत बाट यस्तो खबर – Rabin's Blog
Friday, April 26, 2024

भर्खरै आयो दिपक मनाङेको सर्वोच्च अदालत बाट यस्तो खबर

काठमाडौं । सर्वोच्च अदालतले दीपक मनाङेको मुद्दामा कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ।न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले मनाङेको मुद्दामा बिहीबार सुनुवाइ गर्दै कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए।

यसअघि उच्च अदालतले गरेको फैसला र सर्वोच्चले सदर गरेको फैसला सर्वोच्चले मगाएको हो। मनाङबाट प्रदेशसभामा प्रत्यक्ष विजयी भएका मनाङेले अहिलेसम्म सपथ लिएका छैनन्। कर्तव्य ज्यान मुद्दामा हाल डिल्लीबजार थुनामा रहेका मनाङलाई सर्वोच्चले अर्को सुनुवाइमा धरौटीमा छोड्ने वा नछोड्ने विषयमा निर्णय सुनाउनेछ।

ज्यान मार्ने उद्योग गरेको अभियोगमा तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला अनुरुप मनाङे जेलमा छन्। सर्वोच्चले मनाङेसहित दोषी ठहरिएका गणेश लामालगायतलाई सफाइ दिएको थियो। आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *