Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
आज हुने अर्जेन्टिना VS फ्रान्स विचको कसले मार्ला बाजी ? हेर्नुस बाहिरियो भविष्यवाणी (भिडियोसहित) – Rabin's Blog
Thursday, May 9, 2024

आज हुने अर्जेन्टिना VS फ्रान्स विचको कसले मार्ला बाजी ? हेर्नुस बाहिरियो भविष्यवाणी (भिडियोसहित)

काठमाडौं – एक दिनको आरामपछि रुसमा जारी २१औँ संस्करणको विश्वकपमा शनिबारदेखि नकआउट चरणका खेलहरु सुरु हुँदैछन् ।हेभीवेट टोलीहरु सन् १९९८ को विजेता फ्रान्स र दुई पटकको विश्वविजेता अर्जेन्टिनाबीच शनिबार राति पाैने ८ बजे काजान एरिनामा हुने खेलसँगै प्रिक्वार्टरफाइनल चरण सुरु हुनेछ । आजै पोर्चुगलले पनि दुई पटकको च्याम्पियन उरुग्वेको सामना गर्दैछ ।

स्टार डिफेण्डर स्याम्युअल उम्टिटीले समूह चरणमा फ्रान्सको प्रदर्शनबारे भइरहेको आलोचनाको बचाउ गर्दै दावी गरेका छन् कि उनको टोली जित हासिल गर्नका लागि आफ्नो रणनीति जतिबेला पनि बदल्न सक्छ ।समूह सीका तीन खेलमा ७ अंक जोडेर समूहको शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुगे पनि डिडिएर डेसच्याम्पको टोली फ्रान्सले आफ्नो वास्तविक गति भेट्टाउन सकेको छैन । मंगलबार डेनमार्कविरुद्ध गोलरहित बरारीले डेनमार्क नकआउट चरणमा पुग्दा फ्रान्सेली टोलीको धेरै आलोचना भयो । नकारात्मक समाचारहरुका हेडलाइन नै बने ।

फ्रान्सको अर्को भेट अर्जेन्टिनासँग हुँदैछ र यो विश्वकपको पहिलो सनसनी खेल हो । र, उम्टिटी बार्सिलोनाका आफ्ना टिममेट लियोनल मेस्सीविरुद्ध खेल्न गइरहेका छन् । उम्टिटीले भनिसकेका छन् कि काजान एरिनामा आफ्नो टोली मात्र परिणामका लागि खेल्नेछ ।

‘हामी अझै राम्रो खेल्नका लागि सुधार गरिरहेका छौँ, किनभने हामी गर्न सक्छौँ ।’ उम्टिटीले भने, ‘तर, सबैभन्दा महत्वपूर्ण कुरा भनेको हामीले जित्नुपर्छ । किनकि यदि हामीले सबै रणनीतिक विकल्पहरुको प्रयोग गर्छौँ भने भलै अधिकांश मानिसहरु हामीसँग खुसी नहोलान्, र पनि सबै खुसी हुन्छन् ।’बिहीबारको पत्रकार सम्मेलनमा अधिकांश समयमा मेस्सीको चर्चा गरिएपछि उम्टिटीले भनेका छन् कि अर्जेन्टिनालाई नकआउट गरेपछि मात्र उनलाई सन्तुष्टि मिल्नेछ ।

‘मात्र अर्को चरणमा पुग्नु हाम्रा लागि महत्वपूर्ण छ ।’ उनले भने, ‘हाम्रो बाटोमा चाहे ब्राजिल होस, मेक्सिको होस् या पेरु मतलब छैन । तर, यो चाहिँ सत्य हो कि अर्जेन्टिना जस्तो महान टोलीसँग खेल्न पाउनु र उसलाई नकआउट गर्न पाउनु साँच्चिकै गर्वको क्षण हुनेछ ।’

नकआउट चरणमा प्रवेश फ्रान्सको नियमित थियो भने अर्जेन्टिनाको नाटकीय थियो । १–१ गोलको बराबरी उन्मुख नाइजेरियाविरुद्धको खेलमा अन्तिम चार मिनेट बाँकी छँदा मार्कोस रोहो नायक बनेपछि अर्जेन्टिना उपविजेताका रुपमा छनोट भएको हो । रोहोले गरेको शानदार भली गोलको सहयोगमा जर्ज साम्पाओलीको टोली नकआउट चरणमा पुगेको हो ।

भाग्यवस नकआउटमा पुगेपछि अर्जेन्टिनाका मिडफिल्डर जियोभानी लो सेल्सोले भनेका छन्, ‘म यसलाई चमत्कार त भन्दिन तर, यो निक्कै कठिन लडाकू योग्यता हो ।’ ‘वास्तवमै हामीमा यसअघि जे बित्यो त्यसले निक्कै निराश बनाएको थियो । तर, हामीले टिमको रुपमा हाम्रा सबै उपकरणको उपयोग गर्यौँ’, उनले भने ।‘हामीले यो उपलब्धि पाउनका लागि ठूलो मिहिनेत गर्यौं र हामी अब फ्रान्सको सामना गर्दा निकै बलियो छौँ ।’

यस्ताे छ इतिहास
– अर्जेन्टिना र फ्रान्स अहिलेसम्म १२ पटक आमनेसामने भएका छन् । जसमा ६ खेल अर्जेन्टिनो जितेको छ भने फ्रान्सले २ खेल तथा ३ खेल बराबरीमा सकिएको छ ।आफू सहभागी भएको १३ विश्वकपमध्ये १२ संस्करणमा अर्जेन्टिनाले समूह चरण पार गरेको छ । सन् २००२ को विश्वकपमा मात्रै उ समूह चरणबाटै बाहिरिएको थियो ।पेनाल्टी शुटआउटलाई छाडेर फ्रान्सले विश्वकपको नकआउट चरणमा पछिल्लो ११ मध्ये एक खेलमा मात्र पराजय ब्यहोरेको छ । ८ खेल जितेको छ भने २ खेलमा बारबरी खेलेको छ । उसले पछिल्लो पटक सन् २०१४ मा जर्मनीसँग १–० गोलको पराजय ब्यहोरेको थियो ।

फ्रान्सले जारी विश्वकपको समूह चरणका तीन खेलमा जम्माजम्मी ५ शट ब्यहोरेको छ । उसले समूहमा मात्र एक गोल खाएको छ ।अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले विश्वकपको नकआउट चरणमा अहिलेसम्म गोल गर्न सकेका छैनन् । उनले ६६६ मिनेट खेलेका छन् । उनले फ्रान्सविरुद्ध पछिल्लो पटक सन् २००९ को मैत्रीपूर्ण खेलमा गोल गरेका थिए । जुन खेलमा अर्जेन्टिना २–० ले विजयी भएको थियो ।

ओलिभर जिरोडले फ्रान्सका लागि ठूला प्रतियोगितामा गोल गर्न नसकेको ३५७ मिनेट भयो । पछिल्लो पटक उनले युरो २०१६ मा आइसल्याण्डविरुद्ध खेलेका थिए । जारी विश्वकपमा उनले अहिलेसम्म एउटा शट पनि प्रहार गर्न सकेका छैनन् । डिडियर डेसच्याम्पका लागि फ्रान्सको प्रशिक्षकको रुपमा यो ८०औँ खेल हो । यस खेलपछि उनले पूर्व प्रशिक्षक उनले रेमण्ड डोमेनिकलाई पछि पार्दैछन् ।

नकआउट चरणका पहिलो खेलमा भिड्ने अर्जेन्टिना र फ्रान्सविच कसले मार्ला बाजी ? हेर्नुहोस मुसाद्वारा गराइएको भविष्यवाणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *