Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
अनशनमा बसेका डा. केसीले प्रधानमन्त्रीलार्इ लगाए यस्तो अारोप… भिडियो सहित – Rabin's Blog
Friday, April 26, 2024

अनशनमा बसेका डा. केसीले प्रधानमन्त्रीलार्इ लगाए यस्तो अारोप… भिडियो सहित

जुम्लामा १५ अाैँ अनशनमा रहेका प्र डा गाेविन्द केसीले प्रधानमन्त्री केपी शर्मा अाेली माफियाका प्रधानमन्त्री भएकाे अाराेप लगाएका छन । केसीले साेमबार अनशन स्थलबाट नेकपा का अध्यक्ष पुस्पकमल दाहाल, स्वास्थ्यमन्त्री उपेन्द्र यादव, शिक्षामन्त्री गिरिराज मणि पाेखरेल लगायतलाइ “जनता मारा”काे संज्ञा दिँदै जब सम्म अाफ्नाे माग पुरा हुँदैन तब सम्म अनशन नताेडिने बताए ।

हेर्नुहाेस भिडियाे

अनशन कहिले सम्म जारी राख्नुहुन्छ भन्ने प्रश्नमा केसीले भने ‘ अाेली लाइ साेध्नुस, प्रचण्डलाइ साेध्नुस यिनिहरू जनतामारा हुन ।’ केसीले संचारकर्मीलाइ भने ‘ लेख्नुहाेस अाेली जी माफिया र अाफ्नाे भुँडि भर्नका लागि परेका छन र अाफ्नाे पदकाे दुरूपयाेग गरिरहेका छन तर म सर्बसाधारण जनताकाे लागि लडिरहेकाे छु सर्बसाधारण काे अभिव्यक्ती काे लागी लडिरहेकाे छु र लडिरहने छु ।’

चिकित्सा शिक्षा सुधारका लागि भन्दै पन्ध्रौँ अनसन बस्न कर्णाली पुगेका त्रिवि शिक्षण अस्पतालका डा गाेविन्द केसीकाे हेरचाहमा खटिएका चिकित्सकहरूले हेरचाह गर्न छाेडेका छन । यता कवर्ड हलमा अनशन बसेका केसीकाे स्वास्थ्य अवस्था विग्रँदै गएपछि हेरचाहमा खटिएका कवर्ड हल हेरचाह गर्नुको अर्थ नहुँने भन्दै चिकित्सकहरु बाहिरिएका हुन ।

उनीहरुले कवर्ड हलमा रहँदासम्म डा केसीको स्वास्थ्यको जिम्मा स्थानीय प्रशासनले लिनु पर्ने बताएका छन् । स्वास्थ्य अवस्था विग्रँदै गएका डा केसीलाई तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थानान्तरण गर्नुपर्ने भन्दै साेमबार दिउसो चिकित्सकहरु प्रमुख जिल्ला अधिकारीलाई भेटन पुगेका थिए ।

प्रमुख जिल्ला अधिकारीले स्थानान्तरण गर्न कुनै हालतमा नसकिने भनेपछि चिकित्सकहरु कवर्ड हलबाट बाहिरिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *