Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
विश्वकपबाट चर्चामा आएकी क्रोएशियाकी राष्ट्रपति कोलिन्दा थिइन् खतरनाक कमान्डो, उनको तारिफ जर्ज डब्ल्यू बुश र बराक ओबामाले पनि गर्थे ! साथै उनि ८ ओटा भाषा फररर बोल्छिन् ! – Rabin's Blog
Saturday, April 27, 2024

विश्वकपबाट चर्चामा आएकी क्रोएशियाकी राष्ट्रपति कोलिन्दा थिइन् खतरनाक कमान्डो, उनको तारिफ जर्ज डब्ल्यू बुश र बराक ओबामाले पनि गर्थे ! साथै उनि ८ ओटा भाषा फररर बोल्छिन् !

क्रोएशियाले सन् २०१८ को फिफा विश्वकपको फानइलमा फ्रान्ससँग हारे पनि त्यहाँकी राष्ट्रपति कोलिन्दा ग्रेबर किदारोविच (५०) ले संसारको मन जितेकी छिन् ।उनी क्वार्टर फाइनल खेल हेर्न जुलाई एक तारिखमा इकोनोमी क्लासको यात्रा गरेर रुस पुगिन् र दर्शकदीर्घामा बसेर आफ्नो समूहको हौसला बढाइन् ।हारेपछि पनि उनले क्रोएशियाका कप्तानलाई अँगालो हालेर सान्त्वना दिइन् । उनको यस्तो व्यवहारको सामाजिक संजालमा निकै प्रशंसा गरियो ।विश्वकपबाट चर्चामा आएकी कोलिन्दा कुनै पनि आर्मी कमान्डो थिइन् । उनी एक उत्कृष्ट निशानेबाज पनि हुन् । हार्वर्डमा पढेकी कोलिन्डा आठ भाषाकी जानकार हुन् ।

सन् १९६८ अप्रिल २९ मा जन्मिएकी कोलिन्डाले अंग्रेजी र स्पेनिश साहित्यमा स्नातक र इन्टरनेशनल रिलेशनमा पोष्टग्रेजुएट गरेकी छिन् । उनले जर्ज वासिङ्टन, हार्वर्ड र जोन होपकिन्स युनिभर्सिटीमा पढेकी छिन् । उनी सन् २०१५ मा क्रोएशियाकी पहिलो राष्ट्रपति चुनिएकी हुन् । यस वर्ष उनले जागरेब फ्याकल्टीमा इन्टरनेशनल रिलेशनमा पीएचडी सुरु गरेकी छिन् ।

कोलिन्दा सन् २००७ देखि २०११ सम्म अमेरिकामा क्रोएशियाकी राजदूत थिइन् । उनी पहिलो महिला थिइन् जो पब्लिक डिप्लोमेसीका लागि नाटोकी असिस्टेन्ट सेक्रेटरी जनरल बनिन् । यो पदमा रहँदा उनी थुप्रै पटक नेटो सैनिकको हौसला बढाउन अफगानिस्तान पनि गइन् । नेटो सर्कलमा उनलाई SWAMBO (जसको कुरा सबैले मान्छन्) भनिन्थ्यो ।

उनको काम, अनुशासन र समर्पणको तारिफ जर्ज डब्ल्यू बुश र बराक ओबामाले पनि गरिसकेका छन् । कोलिन्दा क्रोएशियन, अंग्रेजी, स्पेनिश र डेनिस भाषा फरर बोल्छिन् । उनी जर्मन, फ्रेन्च, रुसी र इटालियन भाषामा राम्रो सँग बोल्न सक्छिन् । उनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंसँग उनकै भाषामा कुरा गर्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *