काठमाडौँ, २१ जेठ । कतारको अदालतले एक नेपालीलाई गोली हानेर मृत्युदण्ड दिन फैसला गरेको छ ।
हत्याको अभियोगमा पक्राउ परेका औराही १ महोत्तरीका अनिल चौधरीलाई गोली हानी मृत्युदण्ड दिन कतारको तल्लो अदालतले फैसला सुनाएको हो ।
कतारी नागरिक उमैर मोहोम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या गरेको अभियोगमा चौधरी कतारी प्रहरीको हिरासतमा छन् । गत अप्रिलमा नुयमीको हत्या भएको थियो ।
यद्यपि कतारस्थित नेपाली दूतावासले चौधरीको जीवन रक्षाका लागि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।