Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
तस्करसंग पैसा असुल्ने हवल्दारको पत्रकार माथि यस्तो ज्यादती – Rabin's Blog
Friday, April 26, 2024

तस्करसंग पैसा असुल्ने हवल्दारको पत्रकार माथि यस्तो ज्यादती

जेठ २३,काठमाडौं । तस्करसंग पैसा लिँदै गरेको तस्वीर खिच्ने पत्रकार महोत्तरी प्रहरीबाट कुटिएका छन् । नेपाल टेलिभिजनका महोत्तरी सम्वाददाता राजीव राय कुर्मीमाथि प्रहरी हवल्दार राजेन्द्रबहादुर बस्नेतले तस्करसँग पैसा लिँदै गरेको तस्वीर खिचेको भन्दै कुटपिट गरेका हुन् । पत्रकार कुर्मीले महोत्तरीको सीमा नाका रहेको सम्सी गाउँपालिकास्थित बजार क्षेत्रमा बर्दीमै रहेका प्रहरी जवान राकेश रायले पैसा लिइरहेको फोटो अाफूले खिचेलगत्तै प्रहरी हवल्दार बस्नेतले आएर फोटो डिलिट गर्न धम्की दिँदै हातपात गरेको गुनासो गरे ।घटनावारे जानकारी पाएका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले घटनाबारे बुझेर दोषी भेटिए कारबाही गर्ने प्रतिबद्धता जनाए ।नेपाल पत्रकार महासंघ, महोत्तरी शाखाले घटनाको निन्दा गर्दै दोषीमाथि कारबाही गर्न माग गरेको छ ।पछिल्लो समय सम्सीका विभिन्न नाका हुँदै दैनिक लाखौं रकम बराबरको सामान प्रहरीकै मिलोमतोमा तस्करी भइरहेको छ ।

काठमाडौँ। गृहमन्त्री रामबहादुर थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालीममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरताका लागि चिनियाँ राजदूतसँग आग्रह गरेका छन्।नेपालका लागि चीनका राजदूत यु होङसँग गृह मन्त्रालयमा भएको भेटमा उनले गृहमन्त्रीले नेपाल चीन नाकाबाट सुन तस्करी र डलरको अवैध कारोवार नियन्त्रणका लागि चिनियाँ पक्षको सहयोगका लागि आग्रह गरेका थिए।भेटमा राजदूत होङले गृहमन्त्रीका रुपमा कार्यभार सम्हालेकामा चीनका सामाजिक सुरक्षामन्त्रीले पठाउनुभएको बधाई तथा सफल कार्यकालको लिखित शुभकामना सन्देश गृहमन्त्री थापालाई हस्तान्तरण गर्दै नेपालमा चीन विरोधी गतिविधि नियन्त्रणका लागि गृह मन्त्रालयले खेलेको भूमिका प्रशंसनीय रहेको र यसलाई थप प्रभावकारी बनाउन आग्रह गरेका थिए।

उनले नेपाली सुरक्षा निकायलाई चीन सरकारबाट प्रदान गरिने सहयोग, तालीम र उपकरण आगमी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका थिए।राजदूत होङले चीनको नाका हुँदै नेपालमा भइरहेको सुन तस्करीका विषयमा गृहमन्त्री थापाले उठाएको विषयमा आफ्नो देशको सम्बन्धित निकायमा जानकारी गराउने जवाफ दिएकी थिइन्। उनले गृहमन्त्रीका रुपमा मन्त्री थापाले यातायात क्षेत्रको एकाधिकार हटाउने लगायत पछिल्ला सुधारका काम प्रशंसनीय रहेको बताएकी थिइन्। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *