Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
यीनै हुन १४ वर्षीय छात्रालाइ बलत्कार गर्ने शिक्षक ! सक्दो शेयर पनि गर्नुहोला – Rabin's Blog
Saturday, April 27, 2024

यीनै हुन १४ वर्षीय छात्रालाइ बलत्कार गर्ने शिक्षक ! सक्दो शेयर पनि गर्नुहोला

स्याङ्जा- जिल्लाको चापाकोट नगरपालिका – ७ गंगालाल माध्यामिक विद्यालयका शिक्षकले आफ्नै विद्यालयमा पढ्ने छात्रालार्इ बलात्कार गरेको प्रदाफास भएको छ। कक्षा ७ मा पढ्दै आएकी १४ वर्षीय सिमा नेपालीलाई शिक्षक रामभक्त आचार्यले जर्बजस्ती गरेको आरोप पीडित नेपालीको रहेको छ ।

गत चैत २ गते भएको कक्षा ७ को परीक्षाको समयमा विद्यालय नजिकै शितलटार जंगलमा लगी ललाई—फकाई जर्बजस्ती करणी गरेको उनले बताएकी छन् । शिक्षक रामभत्त आचार्यले टिसर्ट ,मोबाईल , १० हजार रुपैंया पैसा दिन्छु भन्दै करणी गरेको र कसैलाई भने चरम यातना दिने धम्किका कारण २ महिना अगिको घटना अहिले बाहिर आएको पिडीत सिमा नेपालीको आमाले बताइन् । शिक्षक आचार्यले पुनः बैशाख ३० गते पनि जबरजस्ती करणी गरेको सिमाको दाबी छ ।

आरोपित शिक्षक आचार्य भने अहिले फरार रहेको प्रहरीले जनाएको छ । पीडित परिवार न्याय माग्दै चापाकोट नगरपालिका , प्रहरी चौकी चापाकोट हुँदै मुद्धा दर्ता गर्न वडा प्रहरी कार्यालय आएका छन् । चैत र बैशाखमा भएको पटक पटकको घटना पनि घर परिवारबाटै लुकाइएको कारण भने बाहिर आएको थिएन ।

शिक्षक आचार्य घटना बाहिर आउने वित्तिकै फरार रहेका छन् । आचार्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । कानुन अनुसार १० बर्ष देखी १४ वर्ष सम्मको बालिका बलात्कार गरेको घटना पुष्टि भएमा ८ देखी १२ वर्षसम्म जेल सजाए हुने कानुनी व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *