Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
२ ग्रहको एकै साथ राशि परिवर्तन ! यी ४ राशिलाई अत्याधिक अशुभ रहने ! दुर्घटनाले समेत सताउने ! – Rabin's Blog
Friday, April 26, 2024

२ ग्रहको एकै साथ राशि परिवर्तन ! यी ४ राशिलाई अत्याधिक अशुभ रहने ! दुर्घटनाले समेत सताउने !

यस महिनामा सँग-सँगै दुई ग्रहले राशि परिवर्तन गर्ने योग रहेको छ। आजको रातनै शुक्र ग्रह मिथुन राशिबाट कर्कट राशिमा गोचर हुने योग रहेको छ। जसका कारण विभिन्न राशिहरुमा असर पर्ने गर्छ। त्यस्तै भोलि दिनबाट बुध ग्रहले पनि आफ्नो राशि परिवर्तन गरेर वृष राशिबाट मिथुन राशिमा गोचर हुने योग रहेको छ। यस ग्रहहरुको राशि परिवर्तन सँग-सँगै भएको कारण निम्न उल्लेखित राशिहरुमा अशुभ असर रहने छ।

कन्या राशि

यस राशि हुनेहरुको लागि दुई ग्रहको राशि परिवार्तन धेरै भारि पर्ने देखिन्छ। आर्थिक मामलामा धेरै असर रहनाले मानसिक रुपमा पनि तनाब बढाउन सक्छ। व्यवसायमा घाटा बाहेक केहि पनि नमिल्न सक्छ। आर्थिक लेन-देनमा ध्यान नदीएको दिर्घकालिन रुपमा आर्थिक दुर्वलता रहन सकल।

वृश्चिक राशि

यस राशि हुनेहरुले विशेषतः सवारी देखि सावधान रहनु पर्ने हुन्छ। यात्रा गर्नको लागि समय उचित नभएको कारण विशेष सावधानी राख्दा उचित हुन सक्ला। परिवारमा पनि तनाव बढेर जान सक्ला। समाजमा पनि मान-हानि हुन सक्ने हुँदा व्यवहार साथै बोलीमा समानता राख्नको लागि प्रयास गर्नु होला।

कुम्भ राशि

यस राशि हुनेहरुको लागि ग्रह परिवर्तनले विश्वासघात मात्रै दिलाउन सक्ला। नसोचेको व्यक्तिबाट धोका हुन सक्ला। जमिन साथै घर सम्बन्धि कारोबारमा धेरैनै सावधानी अपनाउनु पर्ने अवस्था आउन सक्ला। साझेदारी पनि लाभदायक नहुने हुँदा कुनै पनि कार्यको थालनी गर्नको लागि परिवारको सहयोग लिएमा उचित रहने देखिन्छ।

मीन राशि

लडाई-झगडा बढेर जाने हुँदा यस राशि हुने व्यक्तिहरुले संयमता अपनाउनु पर्ने हुन्छ। जागिर गर्नेहरुको लागि पनि समय खराब रहने छ। वरिष्ठ अधिकारीहरुसँग विवाध बढ्ने देखिन्छ। जागिरबाट वर्खास्त समेत हुन सक्ने अवस्था आउने हुँदा सजक रहनु पर्ला। कानूनी रुपमा पनि धेरै समस्या बढेर जाने हुँदा कागजी कार्य देखि टाढा रहेमा उचित हुन सक्ला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *