Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
हे भगवान ! क्यान्सरले थलिएका डा उपेन्द्र देवकोटामाथि फेरी अर्को बज्रपात ! – Rabin's Blog
Sunday, May 5, 2024

हे भगवान ! क्यान्सरले थलिएका डा उपेन्द्र देवकोटामाथि फेरी अर्को बज्रपात !

काठमाडौं-पित्तनलीको क्यान्सरका कारण मृत्युसंग संघर्ष गरिरहेका वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटाको दुवै मिर्गौला फेल भइसकेको छ। पित्तनलीको क्यान्सरका कारण शरीरमा फैलिएको टक्सिनका कारण उनको मिर्गौला भएको हो।

मिर्गौलाले फेल भएपछि डा देवकोटालाई डायलाइसिस गर्न सुरु गरिएको छ। न्युरो अस्पतालका एक चिकित्कसले दिएको जानकारी अनुसार हालसम्म डा देवकोटाको ४ पटक डायलाइसिस भइसकेको छ।

डा देवकोटालाई न्युरो अस्पतालको आइसियुमा नै बनस्थलीस्थित किड्नी सेन्टरबाट आएका टोलीले डायलाइसिस गरिरहेका छन्। मिर्गौलाको उपचारमा भने किड्नी सेन्टरका डाक्टर ऋषिकुमार काफ्ले र त्रिवि शिक्षण अस्पतालकी डाक्टर दिव्या सिंह शाह संलग्न छन्। डा देवकोटाको मिर्गौलाले काम गर्न छाडेपछि डायलाइसिस सुरु गरिएको हो। उनको हिजो पनि डायलाइसिस गरिएको थियो। अइतबार पनि डा देवकोटाको डायलाइसिस गर्ने तयारी भइरहेको छ।

जब मिर्गौलाले काम गर्न छोड्छ वा मिर्गौलामा समस्या देखा पर्छ, यसले गर्ने सम्पूर्ण काममा असर पुग्छ। मिर्गौलाले काम गर्न छोड्नु भनेकै मिर्गौला फेल हुनु हो। दुवै मिर्गौला फेल भएको अवस्थामा दुई तरिकाले उपचार गर्नुपर्ने हुन्छ। एउटा कृत्रिम तरिकाबाट रगतको शुद्धीकरण गर्नु जसलाई डायलाइसिस भनिन्छ। त्यस्तै, दोस्रो तरिका मिर्गौला प्रत्यारोपण हो।

क्यान्सरका कारण गम्भिर अवस्थामा पुगेका डा देवकोटाको मिर्गौलाको पहिलो उपचार सुरु गरिएको हो। डायलाइसिस मेसिनको सहयोगमा मिर्गौला रोगीहरुको रगत शुद्धीकरण गर्ने प्रक्रिया होमो–डायलाइसिस हो । बिरामीको शरीरमा दुईथरि नसा जोडेर ‘फिस्टुला’ बनाइन्छ र सुइको माध्यमबाट रगत निकाल्न सजिलो पारिन्छ । शरीरबाट रगत निकालेर मेसिनमा पठाइन्छ, मेसिनले रगतको शुद्धीकरण गरेर फेरि शरीरमा फिर्ता पठाउँछ । डायलाइसिसका क्रममा बिरामीहरु एक पटकमा २ देखि ४ घन्टासम्म बस्नुपर्ने हुन्छ । मिर्गौलाका बिरामीहरुले हप्ताको ३ पटकसम्म होमो–डायलाइसिस गर्नुपर्ने हुन सक्छ।

मिर्गौला फेल भएपछि डाक्टर देवकोटा थप गम्भिर भएका हुन्। यही कारण उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नु परेको थियो। डायलाइसिस र निरन्तरको उपचारका कारण शनिबार उनको स्वास्थ्य अवस्थामा केही सुधार आएको हो। स्वास्थ्य अवस्थामा सुधार आएपछि डा देवकोटालाई शनिबार जन्मघर लगिएको थियो।

डा देवकोटालाई केही दिन अघि नै जन्मघर गोरखा लैजाने तयारी भएको थियो। तर, एक्कासी क्यान्सरले थलाएको शरिरमा मिर्गौला फेलको समस्याले गाँजेपछि गोरखा जाने मिति सरेको हो।

डा देवकोटालाई बाइल डक्ट क्यान्सर (कोलान्जिओकार्सिनोमा) देखिएपछि उपचारका लागि लण्डन लगिएको थियो। बेलायतमा पाँच महिना लामो उपचारपछि डा देवकोटालाई गत वैशाख १५ गते शनिबार नेपाल ल्याइएको थियो। बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार सम्भव नभएपछि डा देवकोटाकै इच्छा अनुसार बाँकी उपचार आफ्नै अस्पतालमा गराउन नेपाल ल्याइएको हो।
डा देवकोटालाई भएको बाइल डक्ट क्यान्सर (कोलान्जिओकार्सिनोमा) दुर्लभ खालको क्यान्सर मानिन्छ ।

अमेरिकामा हरेक वर्ष ८ हजार मानिस यो रोगबाट पीडित भइरहेका हुन्छन् । तर दक्षिणपूर्वी एशियामा भने यो रोगबाट बिरामी अलि बढी नै पाइन्छन्। यो रोग सानो उमेरमा लाग्न सक्ने भएपनि बढीचाहिँ वयस्कहरुमा देखिन्छ। यसको सर्भाइभल रेट अर्थात् बाँच्ने सम्भावना भने कुन स्थानमा लागेको छ र कुन चरणमा यो पत्ता लाग्यो भन्नेमा भर पर्छ ।

बाइल डक्ट पित्तबाहिनी नली हो । यो कलेजोको तल्लो भागमा जोडिएको हुन्छ । यो सानो नली हो, जो कलेजोदेखि सानो आन्द्रासम्म पुगेको हुन्छ । बाइल डक्टको मुख्य काम कलेजो र पित्तथैलीमा बनेका ‘बाइल’ नामको तरल पदार्थलाई सानो आन्द्रासम्म पु¥याउनु हो, जहाँ यसले खानामा रहेको चिल्लो पदार्थ पचाउने काम गर्छ।

पित्तथैली, पित्तनली तथा यसको वरिपरि क्यान्सर हुनु भनेको खतराको अवस्था हो। यसको प्रमुख उपचार भनेको शल्यक्रिया नै हो। शल्यक्रिया गर्न नमिल्निे अवस्थामा केमोथेरापीबाट उपचार हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *