Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
सीमा क्षेत्रबाट अायो यस्तो दुखद खबरः प्रदर्शनकारीमाथि सेनाले गोली चलाएपछि – Rabin's Blog
Friday, April 26, 2024

सीमा क्षेत्रबाट अायो यस्तो दुखद खबरः प्रदर्शनकारीमाथि सेनाले गोली चलाएपछि

काठमाडौं ।

इजरायल र प्यालेस्टाइनबीचको गाजा क्षेत्रमा भएको प्रदर्शनका क्रममा इजरायली सेनाले प्रहार गरेको गोली लागेर कम्तिमा १५ जनाको मृत्यु भएको छ । प्यालेस्टायनी अधिकारीहरुले इजरायली सेनाले गरेको गोली प्रहारबाट कम्तिमा १५ जनाको मृत्यु भएको र सयौं घाइते भएको बताएका छन् ।

हजारौं प्रदर्शनकारीले छ हप्ताको विरोध प्रदर्शनको पहिलो दिन सीमा क्षेत्रमा मार्च पास गरेका थिए । यो विरोध प्रदर्शनलाई ‘ग्रेट मार्च अफ रिटर्न’ अर्थात् ‘फिर्तीका लागि महान मार्च’ नाम दिइएको छ ।

प्यालेस्टायनीहरुको यो प्रदर्शन दक्षिणी गाजा क्षेत्रको खान युनिसको शहरगायत प्यालेस्टायन–इजरायल सीमासँग जोडिएका पाँच वटा क्षेत्रमा भएको हो ।

इजरायली सेनाले भने सीमा क्षेत्रमा दंगा भड्किएकाले त्यसलाई नियन्त्रण गर्न गोली चलाएको दाबी गरेको छ । उसले हमास समूहले सीमा क्षेत्रलाई निशाना बनाएको जनाएको छ ।

इजरायलको सुरक्षा फौजले प्यालेस्टाइनसँगको सीमा क्षेत्रमा १७ हजार प्यालेस्टायनी एकजुट भएर प्रदर्शनमा उत्रिएको जनाएको छ । उसले सीमा क्षेत्रमा टायर बाल्ने र पेट्रोल बम र ढुंगा प्रहार गरी दंगा फैलाउनेहरुलाई नियन्त्रण गर्न कारबाही गरिएको जनाएको छ ।

यसैबीच प्यालेस्टायनी राष्ट्रपति महमुद अब्बासले संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्मा प्यालेस्टायनीहरुको संरक्षण गर्न माग गरेका छन् । उनले सीमा क्षेत्रमा मारिएकाहरुको जिम्मेवारी इजरायलले लिनुपर्ने बताए । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *