Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
‘दायाँ बायाँ भयो भने सिधै उडाइदिन्छु !’ (अडियो सहित) – Rabin's Blog
Friday, April 26, 2024

‘दायाँ बायाँ भयो भने सिधै उडाइदिन्छु !’ (अडियो सहित)

काठमाडौं । सनम शाक्य हत्या र ३८ क्वीन्टल सुन तस्करीको अनुसन्धान गर्न गठित विशेष अनुसन्धान समितिले चूडामणि उप्रेती ‘गोरे’का विश्वासपात्र भनिएका राम तिवारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

सनमको हत्यालगत्तै पनि पनि तिवारीलाई अनुसन्धान समितिले नियन्त्रणमा लिएको थियो । तर त्यतिबेला उनको गोरेसँगको संग्लनता पुष्टि हुन नसकेपछि आवश्यक परेको बेला बोलाउने भनेर कागज गरेर छाडियो । त्यसपछि उनी उपचारका लागि भन्दै दक्षिण कोरिया गए । अनुसन्धान समितिले तिवारीमाथि निगरानी राखेकै थियो ।

जेठ २२ मा कोरियाबाट फर्कंदै गर्दा तिवारी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिसरबाटै पक्राउ परे । गोरेको मोबाइलमा राम तिवारी र गोरेको टेलिफोन संवाद भेटिएपछि तिवारी पक्राउ परेका हुन् । जुन संवादमा तिवारीसँग गोरेले लेनदेनलगायत सुनको कुरा गरेका छन् । यतिमात्रै होइन, गोरेले अपराध महाशाखाका तत्कालीन डिएसपी प्रजित केसीसँगको कुराकानीमा पनि सनमको शव व्यवस्थापन गरेबापत दिने भनेको २ करोडमध्ये ५० लाख तिवारीले दिने उल्लेख गरेका थिए । त्यही अडियो प्रमाणबाट तिवारी पक्राउ परेका हुन् ।

सुन तस्कर गोरेको गर्जन – ‘म पैसामा बिक्ने मान्छे हैन, दायाँबायाँ भए उडाइदिन्छु !’ (अडियो)

को हुन् राम तिवारी ?

झण्डै ४२ वर्षका तिवारी एक कक्षा पनि औपचारिक अध्ययन नगरेका व्यक्ति हुन् । तिवारी काभ्रेको नमोबुद्ध गाउँपालिकास्थित मेथिनकोटका स्थायी बासिन्दा हुन् । हाल उनको काठमाडौं गौरीघाटस्थित गोरेको घर नजिकै भव्य बंगला छ । सुरुमा उनी सामान्य कपडा व्यापारी थिए ।

त्यसपछि उनले कपडाको व्यापार छाडेर ‘गुण्डा नाइके’ गणेश लामासँग पाटर्नरसीपमा सिन्धुपाल्चोकमा क्रसर उद्योग सञ्चालन गरे । तिवारी २०५० को दशकमा काठमाडौं छिरे । त्यसपछि गोरेको सम्र्पकमा जोडिएका तिवारीले घरजग्गा कारोबार गर्न थाले । त्यसमा उनले गोरेको पैसा लगानी गर्ने, मिटरव्याजमा पैसा लगाउन थाले । अनुसन्धान समितिका एक सदस्य भन्छन्, “तिवारीले पछिल्लो समय गोरेको सबै कारोबार हेर्थे, करोडौंको डिल तिवारीले नै गर्ने गरेका थिए । सनमले त हिसाब मात्रै राख्थे । गोरेले पनि तिवारीलाई सबैभन्दा बढी विश्वास गरेको देखिन्छ ।”

समितिका सदस्यका अनुसार गोरेका लागि जमिन खरिद गर्ने, विभिन्न नातागोताका नाममा विभिन्न क्षेत्रमा लगानी गर्ने जिम्मा तिवारीले नै लिएका थिए । अहिले तिवारीसँग करोडौंको सम्पति भएको समितिको दाबी छ । एक सदस्य भन्छन्, “अहिले ऊ समान्य उपचार गर्न पनि कोरिया पुग्ने हैसियत राख्छ । काठमाडौँको कालोपुलमा रेनो गाडीको सर्भिस सेन्टर पनि छ । तर त्यसलाई उनले भाडामा दिएका छन् । दुईवटा विवाह गरेका तिवारीका ४ सन्तान छन् । दुई श्रीमतीमध्ये एक कोटेश्वर र अर्की गौरीघाटमा बस्दै आएका छन् ।” अनुसन्धान समितिले तिवारीको नाममा करोडौंको जमीन, गाडीलगायत सम्पति भेटिएको दाबी गरेको छ ।

कर्मचारीदेखि न्यायाधीशसम्म ‘सेटिङ’ मिलाउँथे तिवारी

तिवारीलाई काठमाडौंबाटै सार्वजनिक अपराध ऐनमा मुद्दा चलाउन अनुसन्धान भइरहेको बताइएको छ । तिवारीले बयानमा क्रममा गोरेसँग आफ्नो चिनजान भएको केही वर्षमात्रै भएको बताएका छन् । तिवारीले गोरेलाई समस्या पर्दा प्रहरीका उच्च अधिकारी, न्यायाधीश र केही उच्च कर्मचारी अधिकारीसम्मको सेटिङ मिलाउने काम गर्थे ।

तिवारीको अनुसन्धानपछि सुन तस्करीको थप रहस्य बाहिर आउने समितिको विश्वास छ । सुन तस्कर गोरेको गर्जन – ‘म पैसामा बिक्ने मान्छे हैन, दायाँबायाँ भए उडाइदिन्छु !’ (फोन संवाद–अडियोसहित)

काठमाडौँ । सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’ का विश्वासपात्र राम तिवारी मंगलबार त्रिभुवन विमानस्थलबाट पक्राउ परे।

तिवारी पक्राउ परेसँगै उनले भाञ्जा भन्ने गरेका सुन तस्करका नाईके ‘गोरे’ र तिवारीबिच भएको टेलिफोन संवाद रातोपाटीले फेला पारेको छ । गोरेकै भनाईमा न्यायालयदेखि सबैतिर सेटिङ मिलाउन सक्ने तिवारीलाई ‘गोरे’ ले कलकत्ताबाट फोन गरेका छन् ।

टेलिफोन संवादमा असन्तुलित बोली बोल्ने गरेका गोरेले तिवारीलाई मामा साईनो लगापनि कहिले ‘तँ’ भनेर सम्बोधन गर्छन् भने कहिले ‘तपाईं’ । तिवारीलाई थर्काउँदै गोरेले भनेका छन्, ‘दायाँ बायाँ दिमाग लगाइस् भने तँलाई उडाइदिन्छु ।’

उनीहरुको बीचमा भुजुङ गुरुङ र उनको सालो छिरिङले फोन नउठाएको बारेमा कुराकानी हुन्छ । सुन तस्करीको नाफा जग्गामा लगानी गर्दै आएका ‘गोरे’ को जग्गाको कारोबार तिवारीले सम्हाल्दै आएको टेलिफोन संवादबाट प्रष्ट हुन्छ ।

संवादका क्रममा तिवारी र गोरेले जिल्ला प्रहरी कार्यालय मकवानपुरका तत्कालिन प्रहरी उपरिक्षक (एसपी) विकासराज खनालको पनि प्रसङ्ग निकालेका छन् । तिवारीले विकास काठमाडौं आएका छन्, उसँग सल्लाह गर्छु भन्दा गोरेले अहिले मेरो कुरा नगर विकास मामालाई अप्ठ्यारो हुन्छ भन्दै रोकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *