असार,१/ नेपालका लागि आयात भइरहेको कण्टेनरयुक्त एउटा ठूलो कार्गो जहाजमा बुधवार आगलागी भएको छ । भेसल एसएसएल कोलकाता भी ३४ नामको जहाजमा आगलागी भएको हो ।
सो जहाजमा नेपालका लागि ल्याइएका कण्टेनरहरू रहेको कोलकाता बन्दरगाहले उल्लेख गरेको छ ।
आगो नियन्त्रणमा लिन गाह्रो भइरहेको पनि बताइएको छ । ठूलो आँधी चलेका कारण आगो झन्झन् फैलिएकाले नियन्त्रणमा ल्याउन कठिन भएको बन्दरगाह स्रोतको भनाइ छ ।
बन्दरगाहले एसएसएल कोलकाता भी ३४ बाट कार्गो लोड भएको भए आफ्नो कागजात सुरक्षित राखिराख्न आयातकर्तालाई अनुरोध गरेको छ ।