Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
यस्तो कसैलाई नहोस् : तिब्र गतिको बाईक कापमा छिर्दा बाबु-आमा र छोराको एकैठाँउ विभत्स मृत्यु – Rabin's Blog
Friday, April 26, 2024

यस्तो कसैलाई नहोस् : तिब्र गतिको बाईक कापमा छिर्दा बाबु-आमा र छोराको एकैठाँउ विभत्स मृत्यु

काठमाडौ । यस्तो खबर भर्खरै आयो । जुन हेर्न र पढ्न सकिन्न । दाङमा बजारमा सामान किनेर छोरा सहित ३ जना एउटै बाईकमा घर फर्किदै गरेका दम्पत्ति र छोराको एकैठाँउ दुखद निधन भयो । तिब्र गतिमा गुडेको मोटरसाईकल अनियन्त्रित भई बाटोमा बनेको भौतिक संरचनाको कापमा छिर्दा ठाँउको ठाँउ निधन भयो । दृष्य हेर्दा अत्यन्तै विभत्स छ । उनीहरु हटियाबाट सामान किनेर घर फर्किदै थिए । घोराही बाट लमही जाने राजमार्गमा पर्ने उक्त स्थानमा सडकमा डिजेल पोखिएका कारण सवारी अनियन्त्रित भएको थियो ।

प्रहरीका अनुसार सवारीको डिजेल पोखिएका कारण धेरै सवारी चिप्लिएका थिए । तर यो मोटरसाईकल तिब्र गतिमा भएका कारण नियन्त्रण गुमाएर नजिकै यात्रु प्रतिक्षाका लागि बनाएको संरचनामा पुगेर धसारिएको थियो । बाईक उक्त संरचनाको कापभित्र चिरेपछि श्रीमती पछिडी पछारिइन् । श्रीमान र छोरा अगाडी ठोकिएर तीनै जनाको ठाँउको ठाँउ निधन भयो । सडकमा हेलचेर्याई गर्दा यसरी नै धेरै मानिसको अकालमा ज्यान गएको छ । थोत्रा मोविल र इन्धन चुहिने भएका सवारी सडकमा गुड्नु । सवारीबाट चिप्लो पदार्थ मोविल, इन्धन चुहिएको थाहा हुँदाहुँदैपनि त्यसलाई पुछ्ने वा सोस्ने गरी सुख्खा बस्तु नहालिदिँदा धेरैले ज्यान गुमाएका छन् । सामान्य लापरवाहिले मानिसको ज्यान गइरहेको छ । सबैलाई जिम्मेवार बनाउन यो समाचार पढिसकेपछि सक्दो सेयर गरौँ । गराऊ ।

यो पनि पढ्नुहोस्

डरलाग्दो सवारी दुर्घटना : नौ हजार मानिसको मृत्यु काठमाडौँ । नेपालमा सवारी दुर्घटनाबाट वार्षिक दुई हजारले ज्यान गुमाउने गरेका छन् । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार पाँच वर्षमा सवारी दुर्घटनाबाट आठ हजार ९८२ जनाको ज्यान गएको छ । आर्थिक वर्ष २०७०/७१ मा एक हजार ७८७, ०७१/७२ मा दुई हजार चार, ०७२/७३ मा दुई हजार छ, ०७३/७४ मा दुई हजार ३८४ र ०७४÷७५ को कात्तिक मसान्तसम्म अर्थात चार महिनामा ८०१ जनाको ज्यान गएको छ ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक मनोज नेउपाने साँघुरो बाटो र कमजोर पूर्वाधार हुँदा वर्षेनी हजारौँ मानिसले ज्यान गुमाउने गरेको बताउनुहुन्छ । “दुर्घटना हुनेमध्ये सबैभन्दा धेरै मोटरसाइकल रहेका छन्,”– उहाँ भन्नुहुन्छ ।

आव ०७०/७१ मा आठ हजार ४०६, ०७१/७२ नौ हजार १४५, ०७२/७३ मा १० हजार १३, ०७३/७४ मा १० हजार १७८ र र ०७४/७५ को कात्तिक मसान्तअर्थात चार महिनामा तीन हजार २९ दुर्घटना भएका छन् ।

सवारीसाधन बढेसँगै दुर्घटना समेत बढ्दै गएको तथ्यांकले देखाउँछ । दुर्घटनामध्ये अधिकांश चालकको लापर्बाहीले हुने गरेको छ । त्यसपछि क्रमशः तीव्र गति, ओभरटेक, यात्रुको गल्ती, यान्त्रिक गडबडी, मादकपदार्थ सेवन र ओभरलोडबाट दुर्घटना भएको तथ्यांकमा उल्लेख छ ।

सवारी दुर्घटनामा वार्षिक दुई हजारले ज्यान गुमाउँछन्

काठमाडौँ । नेपालमा सवारी दुर्घटनाबाट वार्षिक दुई हजारले ज्यान गुमाउने गरेका छन् । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार पाँच वर्षमा सवारी दुर्घटनाबाट आठ हजार ९८२ जनाको ज्यान गएको छ । आर्थिक वर्ष २०७०÷७१ मा एक हजार ७८७, ०७१÷७२ मा दुई हजार चार, ०७२÷७३ मा दुई हजार छ, ०७३÷७४ मा दुई हजार ३८४ र ०७४÷७५ को कात्तिक मसान्तसम्म अर्थात चार महिनामा ८०१ जनाको ज्यान गएको छ ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक मनोज नेउपाने साँघुरो बाटो र कमजोर पूर्वाधार हुँदा वर्षेनी हजारौँ मानिसले ज्यान गुमाउने गरेको बताउनुहुन्छ । “दुर्घटना हुनेमध्ये सबैभन्दा धेरै मोटरसाइकल रहेका छन्,”– उहाँ भन्नुहुन्छ ।

आव ०७०/७१ मा आठ हजार ४०६, ०७१/७२ नौ हजार १४५, ०७२/७३ मा १० हजार १३, ०७३/७४ मा १० हजार १७८ र र ०७४/७५ को कात्तिक मसान्तअर्थात चार महिनामा तीन हजार २९ दुर्घटना भएका छन् । सवारीसाधन बढेसँगै दुर्घटना समेत बढ्दै गएको तथ्यांकले देखाउँछ । दुर्घटनामध्ये अधिकांश चालकको लापर्बाहीले हुने गरेको छ । त्यसपछि क्रमशः तीव्र गति, ओभरटेक, यात्रुको गल्ती, यान्त्रिक गडबडी, मादकपदार्थ सेवन र ओभरलोडबाट दुर्घटना भएको तथ्यांकमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *