Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
श्रीलंकामा प्रतियोगिता दौरान नेपाली माउण्टेन बाइकर नारायण गोपाल महर्जनको निधन – भिडियो सहित – Rabin's Blog
Friday, April 26, 2024

श्रीलंकामा प्रतियोगिता दौरान नेपाली माउण्टेन बाइकर नारायण गोपाल महर्जनको निधन – भिडियो सहित

श्रीलंकामा प्रतियोगिता दौरान नेपाली नेपाली माउण्टेन बाइकर नारायण गोपाल महर्जनको निधन भएको छ। अन्तर्राष्ट्रिय प्रतियोगिता रम्बल इन द जंगलमा भाग लिन श्रीलंका गएका नेपाली माउण्टेन बाइकर महर्जनको बिहीबार बेलुका महाबेली नदीमा खसेर मृत्यु भएको हो।५ स्टेजको साहसिक प्रतियोगिताकै क्रममा उनी नदीमा स्थानीय अखबार डेलीमिरर डट एलकेले जानकारी दिएको छ।

राजधानी कोलम्बोबाट २३० किलोमिटर दक्षिण–पूर्वमा रहेको कुदा ओया नदीमा डुबेका उनलाई नजिकैको बाँधबाट प्रहरीले मृत शरीर फेला पारेको थियो।श्रीलंकाको पहाडी क्षेत्रमा रहेको बर्षा वन, नदी पार गर्नुपर्ने सहासिक साइकल रेसका क्रममा खेलाडीले जंगली हात्ती, चितुवा, सर्प जस्ता जीवजन्तुको सम्भावित खतरासमेत हुनेगर्छ।

साइकल रेसमा महर्जनसहित अजय पण्डित क्षेत्री र बुद्धि बहादुर तामाङले नेपालबाट सहभागिता जनाएका थिए।प्रतियोगितामा नेपाल ,भारत, बेलायत लगायत ३९ देशका बाइकरहरुको सहभागिता थियो ।श्रीलंकन एअरलाइन्सको आयोजनामा यही जुन ९ देखि १५ तारिखसम्म चल्ने ‘रम्बल इन जंगल’ प्रतियोगितामा ३३ वर्षीय महर्जनको मृत्युपछि रोकिएको समाचारमा जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *