Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
३३ केजी सुन प्रकरणले फेरी लियो अचम्मको मोड ! – Rabin's Blog
Saturday, April 27, 2024

३३ केजी सुन प्रकरणले फेरी लियो अचम्मको मोड !

काठमाडौं। प्रहरी, प्रशासन र अदालतमा ‘सेटिङ’ व्यवसाय र आफू ‘सेटलर’ भएको बयान दिएका काभ्रेका रामकुमार तिवारीलाई सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा प्रतिवादी बनाइएको छ।

उनलार्इ सुन तस्करी तथा सनम शाक्य हत्याकाे अनुसन्धान गरिरहेकाे टाेलीले बुधबार मोरङ प्रहरीकाे जिम्मा लगाएकाे थियाे। मोरङ जिल्ला प्रहरी कार्यालयले तिवारीलार्इ सुन तस्करी तथा संगठित अपराधमा अनुसन्धान गर्न अदालतबाट म्याद लिएको छ। जिल्ला अदालतल मोरङले असार १५ सम्म थुनामा राख्ने अादेश दिएकाे जिप्रका मोरङका एसपी मनाेज केसीले जानकारी दिए।

तिवारीले सुन तस्करीका लागि आवश्यक रकम जुटाउने, प्रहरी, प्रशासन र अदालतका न्यायाधीशसम्म ‘सेटिङ’ गर्ने काम गर्दै अाएकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ। जेठ २२ मा दक्षिण कोरियाबाट फर्किंदै गर्दा उनी विमानस्थलबाट पक्राउ परेका थिए।

अपराध महाशाखाकाे टाेलीसँग गोरेले सनम शाक्यकाे लाश व्यवस्थापनका लागि बार्गेनिङ गर्दा तत्काल ५० लाख रूपैयाँ काठमाडाैंमै उपलब्ध गराउने उल्लेख गरेका छन्। राम तिवारीमार्फत गाेरेले काठमाडाैंमै अपराध महाशाखाकाे टाेलीलाइ पैसा उपलब्ध गराउने बाचा गरेका हुन्। गाेरे र डिएसपी प्रजित केसीको सम्बादमा जाेडिएका तिवारी त्यसयता समितिको खोजीमा थिए।

सम्बन्धित खबर: सुन तस्करीको पैसा बाजेकाे सेकुवामा लगानी: लोकप्रिय ब्रान्डको भविष्य अन्याेलमा

गृहका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा बनेको सरकारी टोलीले नियन्त्रणमा लिएका तिवारीसँग १४ दिन लामो बयानपछि बुधबार मोरङ प्रहरीको जिम्मा लगाइएको हो। गुण्डा नाइके गणेश लामाका व्यवसायिक साझेदार तिवारीले प्रहरी अधिकारी र न्यायाधीशकाे अवैध कमार्इ व्यवस्थापन गर्ने गरेकाे अनुसन्धानमा खुलेकाे छ।

प्रहरी रेर्कडमा ठगी, सरकारी छाप किर्ते दस्तखत र सार्वजनिक मुद्दाका पटके तिवारीले समितिसँगको बयानमा काठमाडौं जिल्ला अदालत, पाटन उच्च अदालत र सर्वोच्च अदालतका न्यायाधीशदेखि प्रहरीका उच्च अधिकारी र राजनीतिक नेतृत्वसम्म आफ्नो सम्पर्कमा रहेको र सहयोग लिएको तथा दिएको बयान दिएका छन्।

सम्बन्धित खबर: सुन तस्करी अनुसन्धानमा तानिए व्यापारी विमल पोद्दार, मंगलबार साँझदेखि समितिको नियन्त्रणमा

समितिका संयोजक पौडेलले केहीदिन अघि नेपालखबरसँगको कुराकानीमा भनेका थिए, ‘आफूलाई सेटलर हुँ भन्छन्, थुप्रै न्याय, प्रहरी र निजामती सेवाका वरिष्ठ अधिकारीको नाम लिएका छन्, हामी अनुसन्धान गरिरहेका छौं।’

तिवारी २०७१ कार्तिक ७ मा नुवाकोटको बेलकोटमा तीन विदेशीसहित १४ यात्रुको ज्यान जानेगरी भएको बस दुर्घटनाका चालकलाई नक्कली लाईसेन्स दिएको आरोपमा पक्राउ परेका थिए। यस्तै कालिमाटी वृत्तमा ज्यानमार्ने उद्योगमा आरोपीलाई रिहागर्ने भन्दै एकलाख रुपैयाँ लिएको घटनामा समेत तिवारी माथि कारवाही भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *