Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
साँझपख मुग्लिङ-डुम्रे सडक खण्डमा ३ सवारीसाधन दुर्घटनाका दुःखद खबर, ४ जना घटनस्थलमै… – Rabin's Blog
Saturday, April 27, 2024

साँझपख मुग्लिङ-डुम्रे सडक खण्डमा ३ सवारीसाधन दुर्घटनाका दुःखद खबर, ४ जना घटनस्थलमै…

तनहुँ । पृथ्वी राजमार्गको मुग्लिन–डुम्रे सडकखण्डमा पर्ने तनहुँको आँवुखैरेनी गाउँपालिका–१ बरादीमा आज बसले कार र मोटरसाइकललाई ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वत कुस्माकी तीन वर्षीय ममता लामिछाने, सोही ठाउँका ३५ वर्षीय कमल लामिछाने, आँबुखैरेनी ४ बस्ने नुनबहादुर खवास र सोही ठाउँ बस्ने २६ वर्षीय मोटरसाइकल चालक दिलबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

ममता र कमलको गण्डकी अस्पताल, नुनबहादुरको मणिपाल शिक्षण अस्पतालर मगरको मा दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सोही दुर्घटनामा परी घाइते हुने पाँच जनाको दमौली र पोखराका अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आँवुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग१ख ३०७३ नंको बसले विपरीत दिशाबाट आउँदै गरेको वा१७च १८१४ नंको कार र ग५प १९४४ नंको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो ।

बसले कारलाई ठक्कर दिई साइड लागेपछि फेरि मोटरसाइकललाई ठक्कर दिएको थियो । बस चालक आँवुखैरेनी–२ का सुकबहादुर गुरुङलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय आँवुखैरेनीका प्रहरी निरीक्षक सन्तोष रोकाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *