Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
पूर्वराजा ज्ञानेन्द्रकि छोरी प्रेरणा शाहलार्इ लाग्यो एक्कासी यस्तो ठुलो झट्का! – Rabin's Blog
Friday, April 26, 2024

पूर्वराजा ज्ञानेन्द्रकि छोरी प्रेरणा शाहलार्इ लाग्यो एक्कासी यस्तो ठुलो झट्का!

काठमाडौँ / पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा शाहको छाउनीस्थित घरमा सरकारले ताला लगाइदिएको छ । नेपाल ट्रष्टको कार्यालयले प्रहरीको सहयोगमा मंगलबार शाहको छाउनीस्थित २ रोपनी १३ आना जग्गामा रहेको घरमा ताला लगाइदिएको हो । नेपाल ट्रष्टका कायम मुकायम सचिव रमेश सिंहले सरकारको नाममा आइसकेको घर जग्गामा प्रेरणाले अटेरी गरेर कव्जा जमाएकाले ताल्चा लगाइएको जानकारी दिए ।

तत्कालीन राजा वीरेन्द्र र उनको नाममा रहेको सम्पति सरकारले नेपाल ट्रष्ट मार्फत आफ्नो नाममा ल्याएको थियो । छाउनीको त्यो घर जग्गा पनि यसअघि नै नेपाल ट्रष्टको नाममा आएको थियो । तर पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणाले घर जग्गामा कव्जा जमाउँदै आएकी थिइन् । नेपाल ट्रष्टले सरकारको नाममा आएको जग्गा छोड्न प्रेरणालाई पटक पटक पत्राचारसहित चेतावनी दिँदै आएको थियो ।

सरकारको नाममा आइसकेको जग्गामा प्रेरणाले अटेर गर्दै कब्जा जमाएकाले उनलाई हटाउन घरमा तालाबन्दी गरिएको नेपाल ट्रष्टका कामु सचिव सिंहले जानकारी दिए । नेपाल ट्रष्टले पूर्वराजा वीरेन्द्रको नाममा देशका विभिन्न १२ जिल्लामा रहेका २२ हजार रोपनी जग्गा सरकारको नाममा ल्याइसकेको छ । साभार श्राेतः अन्नपूर्ण पाेस्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *