Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
उपचारका लागि सिङ्गापुर गएकि प्रचण्ड पत्नीकाे अायो यस्तो खबर – Rabin's Blog
Friday, April 26, 2024

उपचारका लागि सिङ्गापुर गएकि प्रचण्ड पत्नीकाे अायो यस्तो खबर

उपचारमा गएकी उनलाई डाक्टरहरुको सुझाव अनुसार तनाव मुक्त गराउन स्विमिङ पुलमा लगिएको हो । प्रचण्डले उनलाई उपचारको सिलसिलामा सिङ्गापुरमा रिक्रिएसन गराइरहेका छन् । रिक्रिएसनमा तनाव मुक्त गर्ने अनेक विधि मध्ये स्वीमिङ पनि गराइन्छ । छोरा प्रकाशको मृत्यु भएपछि सीता दाहाल विरामी पर्दै आएकी छिन् । काखका छोराछोरी गुमाउनुपर्दा सीता मानसिक रुपमा पनि त्यसलाई सहन सक्ने अवस्थामा छैनन्।

प्रकाशको मृत्यु अघी उनको छोरीको समेत क्यान्सरबाट निधन भएको थियो। त्यसयता उनी निकै नै गलेको उनको अनुहारबाट देखिन्छ। उनको पटक पटक विदेशमा उपचार हुँदै आएको छ । सीताको तस्विर सार्वजनीक भए पनि उपचारको प्रकृया बारे दाहाल परिवारले केहि बताएको छैन । सीता सुगर, प्रेसर लगायतका विभिन्न रोगबाट पीडित रहेको जनाइएको छ । यसअघि उनको विमानस्थलको सोफामा सुतेको तस्वीर सार्वजनिक भएको थियो ।

उपचारका लागि सिङ्गापुर प्रस्थान गर्नुअघि एयरपोर्टको बिशेष कक्षभित्र सोफामा उनि सुतिरहेको तस्वीर सार्वजनिक भएको थियो । सीता सुतेको सोफाको अर्कोतर्फ प्रचण्ड उदास भावमा देखिएका थिए । सो तस्वीर फेसबुमा प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले शेयर गरेका थिए । सार्वजनिक भएको सीताको तस्विरमा उनी निकै गलेको रुपमा देखिएको थियो। उनले भिआइपी कक्षमा केहि समय रहँदा समेत स्थिर हुन नसकी सुतेको अवस्थामा तस्विर सार्वजनिक भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *