Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
सप्तकोसीबाट डरलाग्दो खबर , अब के गर्लान स्थानिय बासिन्दा – Rabin's Blog
Saturday, May 4, 2024

सप्तकोसीबाट डरलाग्दो खबर , अब के गर्लान स्थानिय बासिन्दा

सुनसरी, असार २१ । पूर्वीपहाडी जिल्लाहरुमा लगातार वर्षा भइरहेका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेको छ ।सप्तकोसी नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेतस्वरुप रातोबत्ती बालिएको छ ।पानीको बहाव बढेपछि सप्तकोसी आसपासका क्षेत्रका वासिन्दाको सुरक्षामा उच्च सर्तकता अपनाइएको छ ।सप्तकोसीमा बिहीबारदेखि पानीको बहाव ह्वात्तै बढेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नारायाणप्रसाद चिमोरियाले जानकारी दिए ।

पानीको बहाव प्रतिसेकेन्ड एक लाख ५० हजार ६ क्युसेक पुगेको छ ।सप्तकोसीमा प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेक पानीको बहाव पुगेपछि खतरा मानिन्छ । अहिले ब्यारेजका ५६ मध्ये २३ ओटामात्र ढोका खोलिएको छ ।सप्तकोसीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले यस क्षेत्रका वासिन्दाको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको उद्धार टोली तयारी अवस्थामा राखेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *