काभ्रेमा सवारी दुर्घटना, ट्रिपरसँगै मोटरसाइकलमा आगजनी २३ असार, काभ्रे । काभ्रेको भैंसीपाटी पुलमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
बा ३ ख ७०९१ नम्बरको ट्रिपरले बा ३३ प ९१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकल चालक भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ९ का पुष्पराज हुमागाइँ र उनकी श्रीमती लक्ष्मी हुमागाइँ घाइते भएका छन् ।
दुबैको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ तर, चिकित्सकले काठमाडौं रिफर गरेका छन् ।दुर्घटनापछि आक्रोसित समूहले ट्रिपरमा आगो लगाउँदा मोटरसाइकल पनि जलेको छ ।