Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
प्रधानमन्त्री ज्यु, राजनीति नै गरेरमात्र ठुला पद प्राप्त हुने हो भने विदेशमा गएर पढेर म जस्ता व्यक्तिहरु किन स्वदेश फर्कीनु ? – Rabin's Blog
Monday, May 6, 2024

प्रधानमन्त्री ज्यु, राजनीति नै गरेरमात्र ठुला पद प्राप्त हुने हो भने विदेशमा गएर पढेर म जस्ता व्यक्तिहरु किन स्वदेश फर्कीनु ?

नेपाल सरकारको मन्त्रीपरिषद्को वैठकले भदौपछि शेरबहादुर देउवा सरकारले गरेको राजनीतिक नियुक्ती खारेज गर्ने निर्णय गरेपछि यसले सबैतिर उथलपुथल मच्चाएको छ । चलचित्र विकास बोर्डमा ७ महिना अगाडि अध्यक्ष पदमा नियुक्त भएकी निकिता पौडेलको पद पनि धरापमा परेको छ । मन्त्रीपरिषद्को निर्णयको पत्र आइतबार बोर्ड आइसकेपछि निकिताले पद छाड्नुपर्नेछ । उनी, सर्वोच्च अदालतमा पद पूर्नबहालीका लागि जाने मुडमा नभएको बताउँछिन् । तर, निकिताले पद छाड्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लामो चिठ्ठी लेखेकी छिन् ।

निकिताले लेखेको चिठ्ठीमा राजनीति गरेर मात्र ठूला पद प्राप्त हुने हो भने म जस्ता व्यक्तिहरु विदेश गएर किन स्वदेश फर्किनु ? भनेर प्रश्न गरेकी छिन् । उनले लेखेकी छिन्–‘अध्ययन र कार्यक्षमताको मुल्यांकन नहुने र ठूला नियुक्ती जति राजनीतिक दलका मानिसहरुले मात्र पाउने हो भने पढेर, सिकेर, जानेर वा कमाएर स्वदेश किन फर्किनु ? मेरो नियुक्ती राजनीतिक भनिएपनि यसमा मेरो असहमती छ । म कहिले कुनै पनि राजनीतिक दलको समर्थ, विरोधी, नजिक, टाढा भइन ।’

निकिताले अगाडि भनेकी छिन्–‘खाली एउटा दुखेसे छ कि, म मात्र होइन विभिन्न देशका डिग्री लिएका धेरै होनाहार जोशिला यूवाहरु यहाँ छन्, जो आफ्नो देशमा केही गर्नुपर्छ भनेर लागि परेका छन् । के तिनले पनि उच्च ओहदाको सरकारी जागिर खान कुनै न कुनै राजनीतिक दल वा नेताको घर दैलो धाउनै पर्छ ?’

उनले, योगदान गर्नका लागि पद नै नचाहिने भन्दै आफू सधै नै चलचित्रको विकास र विस्तारमा लागिपर्ने बताएकी छिन् । निकिताले प्रधानमन्त्री ओलीलाई लेखेको यो पत्रले पनि के स्पष्ट हुन्छ भने, उनी आफ्नो पद पूर्नवहालीका लागि अदालत जाने पक्षमा छैनन् । तर, उनले पद छाड्नु अघि प्रधानमन्त्रीलाई एउटा गम्भिर प्रश्न भने सोधेकी छिन् । निकिताले लेखेको चिठ्ठीको पूर्ण अंश यस्तो छः

सम्माननीय प्रधानमन्त्री ज्यु, राजनीति नै गरेर मात्र ठुला पद प्राप्त हुने हो भने विदेशमा गएर पढेर म जस्ता व्यक्तिहरु किन स्वदेश फर्कीनु ? अध्ययन र कार्यक्षमता को मुल्याङकन नहुने र ठुला नियुक्ती जति राजनीतिक दलका मानिसहरुले मात्र पाउने हो भने पढेर सिकेर जानेर वा कमाएर स्वदेश किन फर्कीनु ? चलचित्र विकास र्वोडको अध्यक्षको रुपमा मैले झण्डै ७ महिना काम गर्ने अवसर पाए । मेरो नियुक्तीलाई राननीतिक भनिएपनि यसमा मेरो असहमती छ । म कहिलै पनि कुनै पनि राजनीतिक दलको समर्थक,विरोधी,नजिक,टाढा भइन । यो मैले कहिलै पनि नजानेको बिषय हो । हिजो म अध्यक्ष नियुतm हुँदा तत्कालीन सत्तारुढ नेपाली कांग्रेसले पनि मेरो नियुक्तीको विरोध गरेको थियो, आज देउवा सरकारको नियुक्ती भनेर तपाइको सरकराले नियुक्ती वदर ग¥यो ।

म जस्ता स्वतन्त्र व्यक्तिहरुले आफ्नो योग्यता र क्षमता देखाएर काम गर्नै नपाइने हो त ? देशको मात्रै झण्डा बोकेर नपुग्ने ? कुनै न कुनै राजनीतिक दलको झण्डा नबोकी नहुने हो ? म चलचित्र बुझ्दै,हेर्दै र सिक्दै हुर्कीएकी हु । लाइट,क्यामेरा,एक्सन मैले गर्भमानै सुनेका शब्दहरु हुन । यस अर्थमा चलचित्र क्षेत्र मेरो रगतमै बगेको छ । यसै क्षेत्रमा समर्पीत हुने उदेश्यले मैले अ‍ेमरीकि युनीभर्सीटी बाट यसै क्षेत्रको विषयमा स्नातकोत्तर गरे र मनभरी उमगं, जोश, जाँगर र सर्टिपिकेट बोकेर आफ्नै देशमा केही गर्छु भनी फर्कीए । १८ बर्षको इतिहास बोकेको चलचित्र विकास र्वोडका पुर्व अध्यक्ष ज्युहरुले गर्नुभएको कार्यको मुल्याङकन गर्ने हैशियत त मेरो छैन तर विगत ७ बर्ष देखी यो वा उ बहानामा अड्केको र एक पाइला पनि नसरेको बक्स अफिस प्रणालीलाई म र मेरो टिमले ७ महिनामा लागु हुन तयार पारेका छौँ । यसो भनेर मैले कसैको विरोध गरेकी होइन बरु आफ्नो टिमको अहोरात्र खटाइ र अथक मेहनतको दिल खोलेर प्रंशसा गरेकी हुँ । यतिखेर जब बक्स अफिस लागु हुन केही दिन मात्र बाँकी छ यस्तो अन्तीम समयमा गरिएको नियुक्ती बदरले हाम्रो ७ महिनाको मेहनत पानीमा जाने प्रवल सम्भावना छ । म पछि नियुतm हुने अध्यक्ष ज्यु को कार्य क्षमतामा प्रश्न गरेको होइन र यो क्षेत्रमा सबै भन्दा सक्षम नै मै हुँ भन्ने दावी पनि गरेकी छैन ।

तर केही महिना मैले काम गर्न पाएको भए म र मेरो टिमले सरकारलाई दिने उपलब्धीबाट साँच्चै नै तँपाइको सरकार र माननिय संचार तथा सुचना प्रविधि मन्त्री ज्युले गर्व गर्न पाउनु हुन्थ्यो । मेरो कार्यक्षमता र मैले सरकारलाई बुझाएको भावि योजनाको मुतmकण्ठले तारीफ गर्नुहुने माननिय सुचना तथा संचार प्रविधि मन्त्री ज्यु, र आदरणीय सचिव ज्युका स्यावासीहरु अझै पनि मेरो मानसपटलमा ताजा छन् । तर त्यो स्वाबासी र यो निर्णयको बिच कुनै तारतम्मे नमिलेकोमा दुखी मात्र भएकी हुँ । मैले बकाइदा जाँच दिएर,अन्तरर्वाता दिएर, खुल्ला प्रतिस्पर्धामा आँफुलाई सबै प्रतिश्पर्धी भन्दा सक्षम देखाएर प्राप्त गरेको नियुक्ती हो । राष्ट्रिय पत्रिकामा छपाएर माग गरिएका आवेदकहरुबाट चुनिएको व्यक्तिको नियुक्ती कसरी राजनीतिक नियुक्ती भयो त्यो मैले बुझ्न सकेकी छैन । यो पत्र मार्फत मैले आफ्नो पुर्नवहालीको याचना गरेकी होइन । म २१ औ सताब्दीकी सक्षम महिला हुँ प्रधानमन्त्री ज्यु, यो देशको संविधानले दिएको हक अधिकार बुझेकी छु,कर्तव्य पालना गर्न जानेकी छु । जति समय मैले चलचित्र विकास र्वोडका लागि दिए त्यती सामय आफ्नो व्यवसायमा दिएको भए मेरा लागि त्यो निकै फाइदाजनक हुने थियो ।

चलचित्र विकास र्वोडको अध्यक्षका हैसियतले निर्णयहरु गर्दा मैले आफ्नो व्यवसाय र आफ्नै परिवारका सदस्यहरुको समेत विपक्षमा उभिनु परेको छ । बक्स अफिसको शुरुवात आफ्नै हलबाट गरेकी हुँ, आफ्नै भाइले निमार्ण गर्दै गरेको चलचित्र रोजीको को सुटिङ आँफै गएर रोकेकी छु र यस्ता अनगिन्ती दृश्टान्तहरु छन् जसलाई प्रस्तुत गरीरहँदा आफ्नो बखान गर्न खोजेकी अर्थ समेत लाग्न सक्छ । मलाइ सरकारी तलब,सुविधा,पद आदी कुनै कुराको पनि लोभ थिएन र छैन । खाली एउटा दुखेसो छ कि म मात्र होइन विभिन्न देशका डिग्री लिएका धेरै होनहार जोशीला युवाहरु यहाँ छन्, जो आफ्नो देशमा केही गर्नु पर्छ भनेर लागि परेका छन् । के तिनले पनि उच्च ओहदाको सरकारी जागिर खान कुनै न कुनै राजनीतिक दल वा नेताको घर दैलो धाउनै पर्छ ? चाकडी बजाउनै पर्छ ? यदि कुनै पनि राजनीतिक दलको आर्शिवाद विना स्वतन्त्र नागरीक बनेर यो देशको सेवा गर्न पाइन्न भने तपाइको समृद्ध नेपाल सुखी नेपाली को नारा समृद्ध नेता सुखी कार्यकता मात्र बन्न पुग्ने छ । यो मेरो व्याङग्य होइन चिन्ता हो । आफ्नो ज्ञान र क्षमता देखाउने अवसर फेरी पनि मिल्नेछ भन्ने कुरामा म आशावादी छु । र म चलचित्र विकास र्बोडमा भए पनि नभएपनि मेरो नाभीसँगै गासीएको चलचित्र क्षेत्रको उत्थान,प्रर्वधन का लागि मेरो पुरै जीवन समर्पीत छ ।

नेपाली चलचित्र क्षेत्रलाई अन्तराष्ट्रिय बजारमा लैजाने, नेपालको लोकेशनमा विश्वभरका सिनेमार्कीलाई सुटीङ गर्न आमन्त्रण गरी चलचित्र पर्यटनको विकास गर्ने,फिल्म सीटि निमार्ण गर्ने, पुराना चलचित्रलाई डिजीटाइज गरी भावी पस्ताका लागि संरक्षीत पार्ने, विशिष्ट योगदान दिएका पुराना चलचित्र साधकहरुलाई सम्मान गर्दै नयाँ जेनेरेशनका नवयुवक चलचित्रकर्मीहरुसँग हातेमालो गरेर नेपाली चलचित्रको सुन्दर भविष्य कोर्ने जस्ता कयौँ मेरा योजनामा वे्रक लागेको छ । तर चलचित्र विकास र्वोड मेरो जागीर होइन सामाजकि जिम्मेवारी थियो । योगदान दिन पद नै चाहिन्छ भन्ने केही पनि छैन र चलचित्र क्षेत्रलाई योगदान दिने मेरो यात्राको यो काष्टीङ मात्र हो ,मध्यान्तर पनि हैन , दि इन्ड त हुँदै होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *