Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
भर्खरै रसुवाबाट आयो डरलाग्दो घटनाको खबर , पहिरोले घर सबै पुरियो – Rabin's Blog
Saturday, April 27, 2024

भर्खरै रसुवाबाट आयो डरलाग्दो घटनाको खबर , पहिरोले घर सबै पुरियो

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–४ भञ्ज्याङडाँडामा पहिरो जाँदा एक घर पुरिएको छ। शुक्रबार राति वर्षाका कारण आएको पहिरोले वीरबहादुर बिकको घर पुरिएको हो।खाना खाइरहेको समयमा पहिरो आएको र भागेर ज्यान जोगाएको बिकले बताए। ‘हामी खाना खाँदै थियौं, बिकले भने, घरमाथिबाट गड्याङगुडुङको आवाज आएपछि हामी भाग्यौं।’ गाउँपालिकाको आरुखर्क घर भएका उनी त्यहाँ आरन चलाएर बस्दै आएका थिए।

युब्राको एक सय १० घर पहिरोको उच्च जोखिममा

जिल्लाको नौकुण्ड गाउँपालिका–२ युब्राका एक सय १० घरधुरी पहिरोको उच्च जोखिममा रहेका छन्। स्थानीय विपद् व्यवस्थापन समितिले दिएको जानकारी अनुसार शुक्रबार राति युब्रामा गाउँको बीचबाट पहिरो गएको छ।पहिरोले मानवीय क्षति नगरेपनि करिब एक सय रोपनी खेतीयोग्य जमिनमा क्षति गरेको गाउँपालिकाकी उपाध्यक्ष सृजना लामाले बताइन्। उनले समितिको बैठक बसेर जोखिमपूर्ण बस्तीलाई सुरक्षित स्थानमा सार्नका लागि कार्य अघि बढाइने बताइन्।

प्रहरी प्रशासनको सहयोगमा क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको समितिले जनाएको छ। उपाध्यक्ष लामाले सामाजिक सञ्जालमार्फत बाढी र पहिरोको जोखिममा रहेको बस्तीका नागरिकलाई सतर्क रहन आग्रह गरेकी छिन्।

उत्तरगयामा २७ स्थानमा पहिरो

जिल्लाको उत्तरगया गाउँपालिकामा साना ठूला गरी २७ स्थानमा पहिरो गएको छ। पहिरोको कारण मानवीय क्षती नभएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको तिरु, गोगने, सिरुचेत, मैलुङ, कटुन्जे, लयुङ र पहिरेवेंसी क्षेत्र पहिरोको जोखिममा रहेको छ। साथै गाउँपालिकाको खाल्डे क्षेत्र बाढीको जोखिममा रहेको देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *