Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
अमेरिकाका पुर्व रास्ट्रपति ओबामा भन्छन् : ‘विश्वकप विजेता फ्रान्स होइन, अफ्रिका’ हो – Rabin's Blog
Friday, April 26, 2024

अमेरिकाका पुर्व रास्ट्रपति ओबामा भन्छन् : ‘विश्वकप विजेता फ्रान्स होइन, अफ्रिका’ हो

जोहानेसबर्ग – अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले नेलसन मण्डेलाको जन्मजयन्तीका अवसरमा केहि दिन अघि जोहानेसबर्गमा भाषण गर्ने क्रममा फ्रान्सेली विश्वकप विजेता टोलीमा अफ्रिकी मूलका खेलाडीको बाहुल्य रहेको प्रसंग स्मरण गरे।

मण्डेलाको १ सयौं जन्म जयन्तीलाई विशेष रूपमा मनाउने क्रममा बोल्दै गर्दा ओबामाले विविधतालाई अँगाल्दा सफलता हासिल हुने बताए । ‘विविधताले समाज र व्यक्तिलाई व्यावहारिक रूपमै सीप र ऊर्जा प्रदान गर्छ । कसैलाई यसमा दुबिधा भए भर्खरै विश्वकप जितेको फ्रान्सेली टोलीलाई हेर्न सकिन्छ । उनीहरू अफ्रिकी मूलका भए पनि उनीहरू फ्रान्सेली हुन्,’ ओबामाले भने।

थुप्रै अफ्रिकी मूलका खेलाडी रहेको फ्रान्सेली टोलीले आइतबार मस्कोको लुझनिकी रंगशालामा क्रोएसियालाई ४–२ को नतिजामा हराउँदै दोस्रो पटक विश्वकपको उपाधि जितेको थियो । फ्रान्सको विश्वकप विजेता टोलीका २३ खेलाडीमध्ये दुई तिहाई अफ्रिकी वा अरब मूलका थिए।

क्रोएसियाविरुद्धको फाइनलमा गोल गर्नेमध्ये दुई खेलाडी अफ्रिकी मूलका हुन् । पाउल पोग्बाका आमाबाबु गुएनाका हुन भने किलियन एमबाप्पेका आमाबाबु क्यामरुनी र अल्जेरियन हुन् । फाइनलमा पहिलो रोजाइबाट खेल्नेमध्ये सामुइल उम्टिटी क्यामरुनमा जन्मिएका थिए । ब्लाइसे मातौडीका आमाबाबु अङ्गोला र कंगोका हुन् । यसै गरी एनगोलो कान्टेका आमाबाबु मालीका हुन् भने राफेल भरानका पिता क्यारेबियन टापु मार्टिनिकका हुन्।

कप्तान ह्युगो लोरिस, स्टार खेलाडी एन्टोनी ग्रिजम्यान र ओलिभर जिरौड भने युरोपेली मूलकै हुन् । यसै गरी भेनेजुएलाका राष्ट्रपति निकोलस माडुरोले खेलाडीको मूलको विषयमा कुरा गर्ने क्रममा रूस विश्वकपको असली विजेता फ्रान्स नभई अफ्रिका भएको बताएका छन्।

‘फ्रान्सेली टिम यसो हेर्दा अफ्रिकी टिमजस्तो लाग्छ । वास्तवमा यो विश्वकप अफ्रिकाले नै जितेको हो । फ्रान्स पुगेका अफ्रिकी आप्रवासीले जितेका हुन्,’ माडुरोले सोमबार भेनेजुएलामा पुलिस दिवस मनाउने क्रममा भनेका थिए, ‘उनीहरू अफ्रिकालाई माया गर्दैनन् । तर फ्रान्सले विश्वकप नै अफ्रिकी खेलाडी वा अफ्रिकीका छोराहरूका कारण जितेको छ।’

युरोपमा अफ्रिकीहरूमाथि तल्लो स्तरको रंगभेदी व्यवहार हुने गरेको दाबी गर्दै माडुरोले थपे, ‘युरोपमा अफ्रिकी र आप्रवासीहरू अत्यन्तै रंगभेदी व्यवहारको सिकार हुने गरेका छन् । अबका दिनमा फ्रान्स र युरोपमा त्यस्तो नहोला भन्ने मैले आशा लिएको छु।’ नागरिक न्युज

Leave a Reply

Your email address will not be published. Required fields are marked *