Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
अन्तिम १६ मा पुग्न अर्जेन्टिनाले यी अवस्था पार गर्नुपर्छ – हेर्नुहोस – Rabin's Blog
Saturday, April 27, 2024

अन्तिम १६ मा पुग्न अर्जेन्टिनाले यी अवस्था पार गर्नुपर्छ – हेर्नुहोस

काठमाडौं । उपाधिको दाबेदारका रूपमा हेरिएको अर्जेन्टिनाको विश्वकप फुटबल यात्रा कठिन बनेको छ । गएराति समूह डी अन्तर्गतको खेलमा अर्जेन्टिना क्रोएशियासँग लज्जास्पद रूपमा पराजित भएसँगै सबैको नजरमा रहेका लियोनल मेस्सीबाट आश मारेका छन् ।

गत संस्करणको उपविजेता समेत रहेको अर्जेन्टिनाको यो हारसँगै नकआउट चरणको यात्रा थप कठिन बनेको हो । क्रोएशिया भने यो समूहबाट नकआउट चरणमा पुगेको छ । अब अर्जेन्टिनाले अघिल्लो चरणमा पुग्न आफुले जितेरमात्र पुग्दैन अरुको खेलपनि हेर्नु पर्ने हुन्छ।

अर्जेन्टिना पराजित हुँदा बनेको रेकर्ड

१९५८ मा चेकोस्लाभाकियासँग ६–१ ले पराजित भएयता समुहचरणमा अर्जेन्टिनाको यो सर्वाधिक फराकिलो हार हो। अर्जेन्टिनाले १९७४ यता समुहचरणका दुईवटै खेलमा जित निकाल्न नसकेको यो पहिलो अवसर हो।
क्रोएसियाका लागि विश्वकप फुटबलमा यो तस्रो फराकिलो जितको नतिजा हो। यसअघि २०१४ मा क्यामरुनलाई ४(० तथा १९९८ मा जर्मनीलाई ३(० ले हराएको थियो।
क्रोएसियाले १९९८ पछि विश्वकपका ओपनीङ दुबै खेलमा जित निकालेको यो पहिलो अवसर हो। जसमा मुख्य प्रतियोगितामा लुका मोड्रिकले कुल ४ मध्ये २ गोल गरेका छन्।
अर्जेन्टिनी स्टार लियोनेल मेसीले आइसल्यान्ड विरुद्ध ११ सट प्रहार गरेका थिए। तर क्रोएसियासँग ६४ मिनेटसम्म एउटापनि सट प्रहार गर्न सकेनन्।

अर्जेन्टिना अन्तिम १६ मा जाने अवस्था

अवस्था १

क्रोएसियाले आइसल्यान्डलाई हराउनुपर्ने,आइसल्याण्डले नाइजेरियालाई हराएमा,अर्जेन्टिनाले नाइजेरियालाई फराकिलो गोल अन्तरले हराउनु पर्ने,यस्तो अवस्थामा क्रोएसियाको ९ अंक, अर्जेन्टिनाको ४, आइल्याण्डको ४ र नाइजेरिया अंकविहिन हुनेछ । र गोल अन्तरको आधारमा अर्जेन्टिना उपविजेता हुनेछ ।

अवस्था २

क्रोएसियाले आइसल्यान्डलाई हराउनुपर्ने,नाइजेरियाले आइसल्याण्ड हराउनुपर्ने,अर्जेन्टिनाले नाइजेरियालाई हराउनु पर्ने
यस्तो अवस्थामा क्रोएसियाको ९ अंक, अर्जेन्टिनाको ४, नाइजेरियाको ३ अंक, आइल्याण्डको १ हुनेछ । ४ अंकका साथ अर्जेन्टिना उपविजेता हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *