Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
नायिका पुजा शर्माकाे स्टाटसः मेसी र म उस्तै – Rabin's Blog
Friday, April 26, 2024

नायिका पुजा शर्माकाे स्टाटसः मेसी र म उस्तै

यतिबेला विश्वकप फुटबलको ज्वरोले नछोएको सायदै कसैलाई होला । सेलिब्रेटीहरु मात्रै यसबाट अछुतो हुने कुरै भएन । फुटबलप्रेमी सेलिब्रेटीहरु अहिले आफ्नो प्रिय टिमको जर्सी लगाएर अन्तरवार्ता दिन व्यस्त छन् । अरुबेला फुटबल नहेर्नेहरु पनि लहैलहैमा लागेका देखिन्छन् । यही मेसोमा नायिका पुजा शर्माले चाहिँ एउटा स्टाटस लेखेर आफूलाई अर्जेन्टिनी सुपरस्टार मेस्सीसँग दाँजेकी छन् ।

मेस्सीलाई विपक्षी खेलाडीहरुले चारैतिर घेरेको भाइरल फोटो सेयर गर्दै उनले यसरी दाँजेकी हुन् । पुजाले लेखेकी छन्, ‘मेस्सी र म उस्तै हौं । जब म खेल्न खोज्छु, धेरै परिस्थितिहरुले घेर्छन् । रामकहानीलाई पनि धेरै फिल्महरुले पछाडि तान्न खोजिरहेका छन् ।’ उनी थप्छिन्, ‘ठीक छ । यो फुटबलमा मेस्सीले भोगिरहेको जस्तै अवस्था हो । मन पराए पनि वा घृणा गरे पनि तपाईं उसको खेल हेर्नुहुन्छ ।

उसलाई कसैले रोक्न सक्दैन किनकी फ्यान र शुभचिन्तकहरुको माया उसँग छ । म पनि एउटा खेलाडी हुँ, जसलाई फ्यानहरु र शुभचिन्तकको माया छ । म प्रतिस्पर्धाको लागि होइन, आफ्ना फ्यान र शुभचिन्तकका लागि फिल्म बनाउँछु ।’ पुजाको यो स्टाटसमा उनका कथित प्रेमी सुदर्शन थापाले ‘ठिक भन्यौ’ भन्दै प्रतिक्रिया दिएका छन् । यसैगरी हास्यकलाकार दिपकराज गिरीले कमेन्टमा लेखेका छन्, ‘चिन्ता नगर । यदि तिमी घेरिएकी छौ भने पक्कै राम्रो खेलिरहेकी छौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *