Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
बुढानिलकण्ठमा एउटा हायस गाडीले मच्चायो ताण्डव ( भिडियो) – Rabin's Blog
Friday, April 26, 2024

बुढानिलकण्ठमा एउटा हायस गाडीले मच्चायो ताण्डव ( भिडियो)

काठमाडौं । सडक किनारामा रोकिराखेको स्कुटर र त्यसमाथि बसेकी एक महिलालाई अनियन्त्रित गतिमा हुत्तिदै आएको हायसले ठक्कर दिएको छ । किनाराको स्कुटरलाई ठोक्दै सडक पेटीमा उक्लिएपछि मात्रै हायस रोकिएको थियो । हायसका पांग्रा मुनी परेकी महिला निकैबेर छटपटाउँदै आमा आमा भनिरहिन् ।

स्कुटर र महिला दुबैलाई हायसको पांग्राले थिचेको थियो । काठमाडौंको बुढानिल्कण्ठ मिलन चोकमा यो दुर्घटना भएको हो । बुढानिल्कण्ठबाट बिष्णुमती तर्फ जाँदै गरेको बा ४ ख १८८४ नम्बरको हायस सडकमा फर्काउने क्रममा अनियन्त्रित भइ किनारामा हुत्तिदै आएको प्रत्यक्षदर्शी बिष्णु थापाले बताए । किनारामा रोकि राखिएको बा ७१ प १८८७ नम्बरको स्कुटरलाई हायसले ठक्कर दिएको हो ।

तत्कालै स्थानीयले चालकलार्इ नियात्रणमा लिएर प्रहरीलार्इ जिम्मा लगाएका छन् । सवारी चालकले स्थानीयको कुटाइ खाएका थिए । शनिबार दिउसो करिव १ बजेको समयमा भएको यो दुर्घटनाकी घाइते महिलाको अवस्था गम्भीर छ । उनलाई उपचारको लागि अस्पताल लगिएको छ । पांग्रा मुनि च्यापिएकी घाइते अवस्थाकी महिला आमा, आमा भन्दै निकैबेर छटपटाएकी थिइन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *