Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
कस्तो रहला तपाईंको यो साता? हेर्नुहोस, असार २२-२८ गतेसम्मको साप्ताहिक राशिफल – Rabin's Blog
Wednesday, May 8, 2024

कस्तो रहला तपाईंको यो साता? हेर्नुहोस, असार २२-२८ गतेसम्मको साप्ताहिक राशिफल

मेष-आलोचना गर्नेहरू प्रशंसा गर्न थाल्नेछन् । आफ्नो दृढताका कारण पराजयको सामना गर्नुपर्नेछैन । काममा सानोतिनो त्रुटिले मर्यादामा आँच पुर्‍याउन सक्छ । कार्य सम्पादन गर्दा विशेष होसियार अपनाउनुहोला । सुनौलो रंगको प्रयोग फलदायी हुनेछ ।

वृष-जीवनशैलीमा फड्को मार्न थप मेहनत आवश्यक छ । आफ्नो उपस्थित बेगर अरूको विश्वासमा गरिएको आर्थिक लगानीले नोक्सान पुर्‍याउन सक्छ । वैदेशिक यात्राको योग छ । साताको अन्त्यमा पूण्य आर्जनमा सरिक भइनेछ ।

मिथुन-ईष्र्या गर्नेहरू तपाईंको प्रगति देखेर छटपटाउनेछन् । प्रतिस्पर्धामा शारीरिक आलस्यताले अवसर फुत्कन सक्ने सम्भावना छ । कुनै पनि काममा प्रतिफल हात पार्न ठूलै प्रयत्न गर्नुपर्नेछ । अपेक्षा गरेजस्तै उपलब्धि हात पार्न इँटा रंगको पहिरन प्रयोग गर्नुहोला ।

कर्कट-लगानीअनुरूप प्रतिफल हात पार्न ठूलै प्रयास गर्नुपर्नेछ । राजनीतिक सभा–सम्मेलनमा भाग लिने अवसर जुट्नेछ । हठ गर्ने बानीले परिवारमा मनमुटाव सिर्जना गर्न सक्छ । अभिभावकको सुझावअनुरूप व्यवसाय गर्दा प्रशस्त मुनाफा होला । सेतो तथा रातो रंगका अनुसरणले कार्य सम्पन्न गर्न सहज बनाउनेछ ।

सिंह-योजनाहरू आंशिक रूपमा पूरा हुनेछन् । प्रेमी–प्रेमिकाको सहयोगमा महत्वपूर्ण कार्य सम्पन्न गर्न सकिनेछ । वैदेशिक काममा सफलता हात पर्नेछ । राति अबेरसम्मको कामले स्वास्थमा गडबडी सिर्जना गर्न सक्छ । सूर्यको सेवाले प्राय: समस्या निराकरण हुनेछन् ।

कन्या-झिना–मसिना काममा अल्झँदा महत्वपूर्ण समय एवं व्यापार–व्यवसाय चौपट हुन सक्छ । उक्त स्थितिलाई सावधानीका साथ व्यवस्थापन गर्न सके प्रशस्त लाभ लिन सकिनेछ । पूर्वपरिचितहरूबाट मन पराएको प्रस्ताव प्राप्त हुने सम्भावना छ । सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउनुहोला ।

तुला-आफ्नै जुक्तिबुद्धिले नयाँ कार्य सम्पन्न गरिनेछ । व्यवसायिक कार्यका क्रममा विदेशीहरूसँग भलाकुसारी हुने सम्भावना छ । सवारी साधन तथा मेसिनेरी यन्त्र खरिद हुने योग छ । साताको अन्त्यमा कार्य व्यस्तताले स्वास्थमा प्रतिकुलता देखा पर्न सक्छ ।

वृश्चिक-विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुहोला । सुन्तला रंगको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग गर्नेछ । व्यवसायमा नेतृत्व गर्ने अवसर प्राप्त हुन सक्छ । जिम्मेवारीको काममा यथाकदा अवरोध तथा कठिनाइ महसुस होला । रोजगारीका नयाँ अवसर हात पार्न थप मेहनतको आवश्यकता छ ।

धनु-आफ्नो कार्य दक्षता तथा इमानदारीताको प्रभावले बिग्रन लागेका कामहरू बन्नेछन् । गहिरो अध्ययनले ज्ञानको दायरा बढाउन मद्दत गर्नेछ । सामाजिक हैसियत कायम राख्न जीवनशैलीमा परिवर्तन आवश्यक छ । पारिवारिक भेटघाटले मांगलिक कार्यको मिति निर्धारण गर्न सक्छ ।

मकर-नशा तथा हडडीसम्बन्धी समस्याले कमजोरी एवं आलस्यता महसुस गराउन सक्छ, स्वास्थप्रति सजगता अपनाउनुहोला । यात्रामा मन मिल्ने मित्रहरूले थप खर्च गराउनेछन् । विभिन्न सभा–सेमिनार तथा प्रतियोगिताहरूमा भाग लिने अवसर जुट्नेछ । साताको अन्त्यमा पारिवारिक खिचलोले सताउन सक्छ ।

कुम्भ-कार्य सम्पादनमा ढिलाइ नगर्नुहोला, अन्यथा पछि परिनेछ । नौलो किसिमको व्यवसाय गर्न साझेदारहरूबीच मन मिल्नेछ । आर्थिक क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ भने रोकिएको कामको गाँठो फुक्ने सम्भावना छ । साताको अन्त्यमा प्रभावशाली व्यक्तित्वहरूसँग भलाकुसारी हुनेछ ।

मीन-सेवामूलक कार्य गर्न सके मान सम्मान पाइनेछ । पहिलेका गल्ती सच्याउँदा अन्य अवसरहरू पनि सहजतापूर्वक फेला पर्नेछन् । आध्यात्मिक चिन्तनले दुर्भावना समाप्त भै मनलाई एकाग्र बनाउन सहयोग गर्नेछ । पढाइलेखाइमा त्यति ध्यान दिन नसकिएला । साताको अन्त्यमा धेरैको प्रशंसा बटुलिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *