Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
भाग्यमानी अनमोल : कसैले नसोचेको पारिश्रमिक लिएर खेल्ने भए हिन्दी फिल्म, यस्तो छ सम्झौता – Rabin's Blog
Friday, April 26, 2024

भाग्यमानी अनमोल : कसैले नसोचेको पारिश्रमिक लिएर खेल्ने भए हिन्दी फिल्म, यस्तो छ सम्झौता

काठमाडौं, १४ जेठ । शनिबार मात्रै झरना थापाको निर्देशन रहने सिनेमा ‘ए मेरो हजुर ३’ मा अनुबन्धित भएका अभिनेता अनमोल केसीले निर्देशक मिलन चाम्सको आउने अर्को सिनेमा पनि काम गर्ने भएका छन् । यो सिनेमाको नाम भने अहिले खुलाइएको छैन । नाम नखुलाइएको यो सिनेमाको सम्पूर्ण छायांकन नेपाल बाहिर हुनेछ ।

सिनेमाको कथा अत्यन्तै मन परेका कारण आफूले यो सिनेमामा काम गर्ने भएको अनमोलले बताएका छन् । तीन करोडको बजेटमा बन्ने यो सिनेमामा मिलनले अनमोलको जोडीको रुपमा पुरानै नायिका राख्ने निर्णय गरेका छन् । यद्यपि कसलाई राख्ने भन्नेमा अझै टुंगो लागेको छैन ।

भर्खरैमात्र दुईवटा सिनेमा फाइनल गरेका अनमोलले हिन्दी सिनेमामा पनि अभिनय गर्ने भएका छन् । उनले हिन्दी सिनेमाको लागि पनि मोटो रकम लिएको जनाएका छन् । अनमोलले अभिनय गर्ने भनिएको सिनेमा हिन्दी र नेपाली भाषामा बन्ने छ, जसलाई चर्चित भारतीय निर्माताले बनाउन लागेका हुन् । तर कुन निर्माताले यो सिनेमा निर्माण गर्न लागेका हुन् त्यसको जानकारी निर्माण पक्षले केही दिनपछि पत्रकार सम्मेलन गरेर दिने बताएको छ ।

यो सिनेमामा दुई जना अभिनेत्रीको मुख्य भूमिका रहनेछ । सिनेमामा एक जना बलिउड अभिनेत्री एक जना नेपाली अभिनेत्री रहने बताइएको छ । सिनेमामा बलिउड अभिनेता ज्याकी श्राफले पनि काम गर्ने चर्चा भैरहेको छ । अनमोलको सिने करिअरका लागि यो सिनेमा विशेष रहनेछ ।

फागुन १० गतेबाट फ्लोरमा जाने यो सिनेमाको छायांकनका क्रममै अनमोलले हिन्दी र नेपाली भाषामा संवाद बोल्ने भएका छन् । सिनेमामा समावेश गीतमा हिन्दी भाषाका लागि बलिउड कलाकारले आवाज दिनेछन् भने नेपाली भाषाकालागि नेपाली कलाकारले नै आवाज दिनेछन् । यो सिनेमा विश्वभर एकसाथ प्रदर्शन गर्ने तयारी पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *