Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
कञ्चनपुरकी एक छात्राको बलात्कारी पछि क्रुरुतापुर्वक जंगलमा हत्या गरि फालेको अवस्थामा भेटियो शव ! यस्तो सम्म गरेर हत्या गरेर फालेका रहेछन जंगलमा – Rabin's Blog
Friday, April 26, 2024

कञ्चनपुरकी एक छात्राको बलात्कारी पछि क्रुरुतापुर्वक जंगलमा हत्या गरि फालेको अवस्थामा भेटियो शव ! यस्तो सम्म गरेर हत्या गरेर फालेका रहेछन जंगलमा

महेन्द्रनगर– कञ्चनपुरकी एक छात्राको बलात्कारी पछि क्रुरुतापुर्वक जंगलमा हत्या गरिएको छ। कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ बर्षिय कविता विष्टको हत्या भएको हो।कैलालीको गेटा स्थित सरस्वती उच्च माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत कविताको केही दिन पहिले बलात्कार गरी हत्या भएको आफन्तले बताएका छन्।

गत असार २६ गते सामान किन्न भनेर घरबाट अत्तरिया बजार गएकी कविता सम्पर्कमा नआएपछि परिवारजनले खोजी कार्य गरेका थिए। कविताका आफन्त लोकेन्द्र विष्टले गयराती कविताको कृष्णपुर नगरपालिका–२ मोहना लालझाडी वन क्षेत्रको अम्खैया खोला किनारमा शव फेला परेको बताए। ‘घरबाट कापिकलम किन्छु भनेर हिडेकी हुन्’, उनले भने, ‘आज उनी मृत फेला परिन्।’ तर उनको कंगाल मात्रै फेला परेको छ।

परिवारजनले प्रहरीमा दिएको जानकारी आधारमा कृष्णपुर नगरपालिका–२ वाणीका स्थानीय मदन गिरीलाई प्रहरीले झलारीबाट पक्राउ गरेको छ। पक्राउ परेका गिरीले शव स्थान देखाएपछि कविताको कंगाल फेला परेको उनले बताए। घटनास्थलबाट प्रहरीले फेला परेका हड्डी संकलन गरेर पोष्टमाष्टका लागि महाकाली अञ्चल अस्पताल ल्याएको थियो।गिरी भारत जान्छु भनेर झलारीस्थित आफ्नो ससुरालीबाट पक्राउ परेका हुन्। उनलाई गुलरिया प्रहरीको हिरासतमा राखिएको छ, भने गिरीले प्रहरी समक्ष घटनामा नवराज महरा र मदन गिरी पनि संलग्न भएको बयान दिएका छन्। युवतीको शव कुहिएको छ।

मृतक युवती र गिरीबीच फोन सम्पर्क हुने गरेको परिवारजनले जनाएको छ। घटनाको कारक यौन, प्रेम, क्रोध र भयको अवस्था सिर्जना भएको स्थानीयको बुझाई छ। आफन्तले घटनामा ठुलो समुह संलग्न भएको बताएका छन्।प्रहरीले घटना गम्भिर भएकाले सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख डिल्लीराज विष्टले हत्याको कारण, बलात्कार भएको वा नभएको र घटनामा को को व्यक्ति संलग्न बारे अनुसन्धान भइरहेको बताए।

जिल्ला प्रहरी कार्यालयबाट घटना स्थलमा विशेष अनुसन्धान टोली खटाएको बताउदै उनले घटनामा सलग्न जुनसुकै व्यक्ति समुह भएपनि उन्मुक्ति नपाउने बताए। ‘यस्तो जघन्य घटनामा संलग्नलाई कुनैपनि हालतमा मुक्ती पाइँदैन्, ‘कञ्चनपुर प्रहरी प्रमुख विष्टले भने, ‘प्रहरीले घटनालाई गम्भिर रुपमा लिएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *