Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
फापेन अोली सरकार, नेपालीहरूका लागि अायो यस्तो दुःखद खबर – Rabin's Blog
Friday, April 26, 2024

फापेन अोली सरकार, नेपालीहरूका लागि अायो यस्तो दुःखद खबर

काठमाडौं । मूल्यवृद्धि लगत्तै शहरबाट इन्धन गायब भएको छ । निरन्तर भइरहेको अस्वभाविक मूल्यवृद्धिको मारमा परिरहेका उपभोक्ता एकाएक रित्तिएको पेट्रोल पम्पको कारण मारमा परेका छन् । काठमाडौंका उपभोक्ताका लागि पेट्रोलका लागि लाइन लाग्नु पर्ने झन्झट नौलो होइन । तर, महिनौ पुग्ने भण्डारण क्षमताको गफ दिने नेपाल आयल निगमलाई भने यो अवस्थाले कहिले पोल्ने गरेको छैन् ।

पेट्रोलियम पदार्थको अभाव हुँदा राजधानीका पेट्रोल पम्पहरुमा सवारी साधनको लामो लाईन देखिन थालेको छ । सोमबार दिउँसो राजधानीमा कल्याणकारी कोषको नाममा सेना र प्रहरीले सञ्चालन गरेको तथा तुलनात्मक रुपमा केही बढी भण्डारण गर्ने पेट्रोल पम्पबाहेक सम्पूर्ण पम्पहरु खाली देखिन्थ्यो ।अभावको आभाष सोमबार भएपनि यसको सुरुवात आईतवारदेखि नै भएको हो । आईतवार बेलुकाबाट नै पेट्रोल पम्पहरु रित्तिन थालेको थियो । पेट्रोलको जोहो गर्न लामो समयसम्म लाईन बस्नुपर्दा कतिपय कर्मचारी समयमा कार्यालय पुग्न सकेनन् भने सवारी चलाएरै दैनिकी चलाउने कार्यक्षेत्रमा जान पाएनन् ।

मूल्यवृद्धिसंगै पेट्रोल पम्पहरु रित्तिनुका पछि धेरै आशंकाहरु गरिए । तर काठमाडौं उपत्यकावासीको सहजताका लागि पुग्दो भण्डारण गर्न नचाहने आयल निगम भने मंगलबारदेखि सहज हुने बताउँछ ।ट्याङकर व्यवसायीले गरेको हडतालका कारण आपूर्तिमा समस्या हुँदा देखिएको पेट्रोलियम अभावले राजधानीका सवारी प्रयोगकर्ता आत्तिएका छन् । दैनिक रुपमा थोरै परिणाम खरिद गरी सवारी चलाउनेहरु झन बढी मर्कामा परेका छन् । यो समस्या तत्कालीन नभई सधैभरी व्युँतिने गरेको नियति नै बनेको छ । तर उचित व्यवस्थापन तथा समस्या समाधान हुन नसक्दा पटकपटक सामान्य अभावमा पनि भयावह रुप लिने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *